Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

यसरी मनाइयो हेटौँडामा ६८ औ प्रहरी दिवस(फोटो फिचर)

393838188_656695889599954-1697555461.jpg

फोटोः सुनिल शिवाकोटी । प्रष्ट खबर

३० असोज,हेटौँडा । ६८ औ प्रहरी दिवस बागमती प्रदेशको राजधानी हेटौंडामा पनि मनाइएको छ। मंगलबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले कार्यालय परिसरमै एक कार्यक्रम समारोहको आयोजना गर्दै प्रहरी दिवस धुमधामले मनाएको छ।बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा हेटौँडामा ६८ प्रहरी दिवस मनाइएको हो ।

प्रहरी दिवसको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, नेशनल गोल्ड र टिम टिभी र कार्यालयलाई सहयोग पु¥याउने विभिन्न व्यक्तीलाई प्रशंसापत्रले सम्मान गरिएको छ । त्यसैगरी ६८ प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयले कार्य सम्पादनमा उत्कृष्ट भएको भन्दै जिल्ला प्रहरी कार्यालय धादिङ्का प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, इलाका प्रहरी कार्यालय सिंगटी दोलखाका प्रमुख प्रहरी निरीक्षक विक्रम लामा, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक वसन्त आर्चाय सहित विभिन्न ओहदाका प्रहरी कर्मचारीहरुलाई सम्मान गरेको थियो भने हेटौँड–९ निवासी पूर्व प्रहरी हवल्दार ९२ बर्षीय डम्बर बहादुर खत्री,त्यसैगरी प्रहरी दिवसको अवसरमा आयोजित विभिन्न खेलकुदमा उत्कृष्ट हुने प्रहरी र अमर प्रहरी परिवारका सदस्यलाई पनि सम्मान गरिएको थियो। सम्मानित सम्पूर्णलाई कार्यक्रमका प्रमुख आतिथी मुख्यमन्त्री शालिकराम जम्कट्टेल र विशिष्ठ अतिथि बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले प्रशंसापत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाकी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगर प्रमुख मिना कुमारी लामा, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल,बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाई लगायत विभिन्न जिल्लाका प्रहरी प्रमुख, पत्रकार सहासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, प्रदेश कार्यालय तथा अन्य सरकारी कार्यालका प्रमुख,विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँबरको शुभकामना सन्देश बाचन गरेका थिए भने प्रमुख अतिथी मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश प्रहरी म्याग्जिन लोकार्पण गरेका थिए । 

393484598_101463707320612-1697555461.jpg

फोटोः सुनिल शिवाकोटी । प्रष्ट खबर

393702524_116104299139673-1697555495.jpg
370158755_835728188028776-1697555495.jpg
393822858_657282076469628-1697555605.jpg
370240577_133486458716059-1697555605.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार