१० कार्तिक, काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि युएईले जितेको छ। रोमाञ्चक फाइनलमा टस हारेर पहिले ब्यटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १ सय ६२ रन बनाएको थियो। जवाफमा युएईले उक्त लक्ष्य १ बल बाँकी हुँदा ६ विकेट गुमाएर पुरा गरेको थियो। लिगचरणमा नेपालसँग २ खेलमा पराजित भएपनि युएईले फाइनलमा बदला लिंदै ४ विकेटको जित हासिल गर्यो।
युएईका लागि कप्तान महुमम्द वासिमले ४५ रन बनाउँदा अर्यान्स शर्माले २५ रन बनाए। त्यस्तै वृत्या अर्विन्दले २६ रन बनाउँदा अलिशान सरफुले १३ रन बनाएका थिए। त्यस्तै बसिल हमिद २२ रनमा अविजित रहे। हमिदले अन्तिम बल बाँकी हुँदा करण केसीलाई छक्का प्रहार गर्दै टिमलाई उपाधि दिलाए। त्यसअघि अली नसिर ११ रनमा आउट भएका थिए। नेपालका लागि गुल्सन झा र अभिनास बोहराले २-२ विकेट लिए।
टियू मैदानमा पहिले ब्याटिङ गरेको नेपालले युएईलाई उपाधि जित्नका लागि १ सय ६३ रनको लक्ष्य दिएको थियो। निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनायो।
नेपालका लागि ओपनर कुशल भुर्तेल ५० रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक कप्तान रोहित पौडेलले १८ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले २० रन बनाए। त्यस्तै थप दोहोरो स्कोरका रुपमा सुन्दीप जोराले १० तथा सोमपाल कामीले १३ रन बनाए। करण केसी २३ रनमा अविजित रहे।
युएईका लागि युवा खेलाडी आयान अफ्जाल खानले ३ विकेट लिंदा अली नसिर र जहुर खानले समान २-२ विकेट लिएका थिए। जुनाइद सिद्दीकीको नाममा १ विकेट लिएका थिए।
नेपालले लिग चरणमा युएईलाई ७ विकेट र ५ विकेटले हराएको थियो। नेपालले हङकङलाई पनि दुबै खेलमा ६ विकेट र ७९ रनले हरायो। युएईले भने अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भएपनि नेटरनरेटमा अघि रहँदै फाइनल खेलेको थियो ।
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...


















