Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

एकदिवसीय विश्वकप क्रिकेटमा भारतद्वारा इंग्ल्याण्ड पराजित

indveng1698595512266-1698622770.jpg

१३ कार्तिक, काठमाडौं । आयोजक भारतले साबिक विजेता इंग्ल्याण्डलाई हराउँदै एकदिवसीय विश्वकपमा आफ्नो अपराजित यात्रा जारी राखेको छ । आइतबार भएको खेलमा भारतले इंग्ल्याण्डलाई १ सय रनले हराएको हो ।
भारतले दिएको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले ३४.५ ओभरमा सबै विकेट गुमाएर १२९ रन बनाउन सक्यो ।
इंग्ल्याण्डका लागि लियाम लिभिङस्टोनले सर्वाधिक २७ रन बनाए । त्यस्तै डेविड मलान र डेविड विलीले १६-१६, मोइन अलीले १५ तथा जोनी बेयरस्टोले १४ रनको योगदान दिए । भारतका लागि मोहम्मद शामीले ४, जसप्रित बुमराहले ३ तथा कुलदीप यादवले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २९ रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ८७ रन बनाए । उनले १०१ बलको पालीमा १० चौका र ३ छक्का हिर्काए ।
भारतको सुरुवात भने राम्रो हुन सकेन । ४० रन बनाउँद भारतले शुभमन गिल, विराट कोहली र श्रेयस ऐयरलाई गुमाएको थियो । त्यसपछि रोहितले केएल राहुलसँग मिलेर भारतको पाली सम्हालेका थिए । केएल राहुलले ३९ रन बनाए । 
त्यस्तै, सूर्यकुमार यादवले ४९ तथा जसप्रित बुमराहले १८ रन बनाउँदै भारतलाई सम्मानजनक योगफलसम्म पुर्‍याएका थिए । इंग्ल्याण्डका लागि डेभिड विलीले ३ तथा क्रिस वोक्स तथा आदिल रसिदले २-२ विकेट लिए ।
जीतसँगै भारत ६ खेलबाट अधिकतम १२ अंक बटुल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगितामा भारत एक मात्र अपराजित टोली हो । इंग्ल्याण्ड भने ६ खेलबाट मात्र २ अंक बटुल्दै अंक तालिकाको पुछारतिर छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

थप समाचार