१७ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको सचेतमा गोविन्द लम्साललाई नियुकत गरिएको छ । संसदीय दलका नेता बहादुर सिं लामाले गत असोज १ गते संसदीय दलको सचेतकमा लम्साललाई नियुक्त गरेका हुन् ।
लम्साललाई सचेतकमा असोजमै नियुक्त गरिएको भएपनि सार्वजनिक भने गरिएको थिएन । नेपाली काँग्रेस प्रदेश सभा संसदीय दलको विधान २०७४ को धारा ११ को उपधारा (१) बमोजिम बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरिएको हो ।
गत पुसमा संसदीय दलको नेतामा निर्वाचित भएसंगै लामाले दोलखाबाट निर्वाचित संसद कुन्दनराज काफ्लेलाई दलको प्रमुख सचेतक नियुक्त गरेका थिए । करिव २ महिना कांग्रेस प्रमुख प्रतिपक्षको भुमिकामा रहदा काफ्लेले जिम्मेवारी सम्हालेका थिए ।
सो समयमा प्रदेश सरकारको नेतृत्व एमाले र राप्रपाको समर्थनमा माओवादी केन्द्रले गरेको थियो । रास्ट्रपति निर्वाचनमा सत्ता समीकरण फेरिए संगै गत चैतमा कांग्रेस सरकारको समर्थन गर्दै सत्तारुढ दल बनेको थियो । सरकारको नेतृत्व माओवादी केन्द्रलाई सुम्पिएको कांग्रेसले सतापक्ष दलको मुख्य सचेतक समेत गुमाएको थियो ।
सत्तापक्ष भएसंगै कांग्रेसका काफ्लेले पाएको प्रमुख सचेतकको सेवा सुविधा सहित माओवादी केन्द्रका सांसद रत्नप्रसाद ढकालको पोल्टामा परेको थियो ।
कांग्रेस सांसद काफ्ले सचेतकको जिम्मेवारीमा झरेपछि उनले गत भदौ १८ मा सचेतक पदबाट राजिनामा दिएका थिए । काफ्लेको राजिनामा पछि सो पद रिक्त अवस्थामा रहेको थियो ।
नेता लामाले काफ्लेको राजिनामा स्वीकृत गर्दै सोही पदमा लम्साललाई नियुक्त गरेका हुन् । लम्साल २०७९ मंसिरमा भएको निर्वाचनमा धादिङ क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद हुन् ।
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...










-1788140988.jpg)







