१७ कार्तिक, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले राष्ट्रिय ‘भिटामिन ए’ कार्यक्रममा आफै सँलग्न रहेर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाएकी छन् ।
हेटौंडा–११ नवलपुरको त्रिभूवन माध्यमिक बिद्यालय खोप केन्द्रमा पुगेर नगर प्रमुख लामाले स्थानिय बालवालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाएकी हुन् ।
हेटौंडा उपमहानगरपालिका स्वास्थ्य शाखा मार्फत सञ्चालमा रहेको खोप केन्द्रमा पुगेकी लामाले ६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाएकी थिइन् ।
उपमहानगर क्षेत्रका ९२ वटा केन्द्र मार्फत शुक्रबार र शनिबार दुई दिन भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुने छ ।
खोप केन्द्रहरुमा नगरक्षेत्रमा महिला स्वयमसेविका र आमासमुहमा प्रतिनिधी संलग्न भएर कार्यक्रम सञ्चालन गरेको उपमहानर स्वास्थ्य शाखाका सिनियर अहेब केशव तिमल्सिनाले बताए । उनका अनुसार उपमहानगरको १९ वडामा रहेका १२ हजार वालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने उनले बताए ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार जिल्लामा ४ सय ७१ महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुले १ सय १० स्वास्थ्य संस्थाको नेतृत्वमा भिटामिन ए र जुकाको औषधी खुवाउनेछन् ।
मकवानपुरमा भिटामिन ए खाने ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकाहरु ३५ हजार ५ सयको हाराहारीमा छ भने जुकाको औषधी खाने १ वर्षदेखि ५ वर्ष उमेरका बालबालिकाहरुको संख्या ३० हजार ८ सय ६२ रहेको स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।
उनका अनुसार घिमिरेका अनुसार हेटौंडा उपमहानगरपालिकामा ९२, मनहरीमा २१, राक्सिराङमा ३८, कैलाशमा ४२, भीमफेदीमा ५०, बागमतीमा ३२, बकैयामा ६५, मकवानपुरगढीमा ४०, इन्द्रसरोवर गाउँपालिकामा ३७ र थाहा नगरपालिकामा ५४ रजना स्वयम्सेविका परिचालन भएका छन् ।
सरकारले भिटामिन ए खुवाउने निर्धारित समय कात्तिक २ र ३ गते तोकेपनि यस वर्ष दसैंका कारण भिटामिन ए कार्यक्रम कात्तिक १७ र १८ गते सरेको हो ।
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















