१८ कार्तिक,सल्यान । शुक्रबार मध्य रात ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडामा केन्द्र विन्दु बनाई ६ दशमलव ४ म्याग्निच्युडको भुकम्प गएपछि शनिबार साझ सम्म लगातार साना ठूला गरी १७५ पटक पराकम्प गइसकेको छ । रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जनधनको ठूलो क्षति भएको छ । शनिबार साँझ सम्म उक्त भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने २०२ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जना रहेका छन् ।
भूकम्पमा जाजरकोटमा १०५, रुकुम पश्चिममा ८५, दैलेखमा तीन, बैतडीमा तीन, जुम्लामा पाँच र रोल्पामा एक जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको तथ्याङ्कअनुसार गए राति १४ः४७ बजेदेखि आज साँझ सम्म १७५ वटा साना–ठूला परकम्पको रेकर्ड भएको जनाएको छ । त्यसमध्ये पाँच वटा चार म्याग्नेच्युड भन्दा ठूला परकम्प रेकर्ड भएका छन् । पछिल्लो पटक अपराह्न ३ः४० बजे ४.२ म्याग्नेच्युडको परकम्प गएको छ । कात्तिक १७ गते राति शक्तिशाली भूकम्प गएपछि पनि लगातार तीन वटा चार म्याग्नेच्युडभन्दा बढीका परकम्प गएका थि ए। राति १२ः०८ बजे ४.५, राति १२ः२९ बजे ४.२ र राति १२ः३५ बजे ४.३ म्याग्नेच्युडको परकम्प गएको थियो । त्यसपछि कात्तिक १८ गते बिहान ४ः१६ बजे ४.६ म्याग्नेच्युडको परकम्प गएको थियो । त्यसयता पनि लगातार साना परकम्प गइरहेको केन्द्रले जनाएको छ । साना परकम्पले भने खासै असर गरेको छैन । तर, स्थानीय बासिन्दा त्रसित बनिरहेका छन् । २०७२ सालको गोरखाको बारपाक पछिको यो सबैभन्दा ठुलो भूकम्प हो । उद्धार तथा राहतमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल जुटेको छ। प्रभावित क्षेत्रमा एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरिएको छ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







