Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

जाजरकोट भुकम्पः१७५ पटक पराकम्प, मृतकको संख्या १५७

370234406_119713063791075-1699106189.jpg

१८ कार्तिक,सल्यान । शुक्रबार मध्य रात ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडामा केन्द्र विन्दु बनाई ६ दशमलव ४ म्याग्निच्युडको भुकम्प गएपछि शनिबार साझ सम्म लगातार साना ठूला गरी १७५ पटक पराकम्प गइसकेको छ । रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जनधनको ठूलो क्षति भएको छ । शनिबार साँझ सम्म उक्त भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने २०२ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जना रहेका छन् । 
भूकम्पमा जाजरकोटमा १०५, रुकुम पश्चिममा ८५, दैलेखमा तीन, बैतडीमा तीन, जुम्लामा पाँच र रोल्पामा एक जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको तथ्याङ्कअनुसार गए राति १४ः४७ बजेदेखि आज साँझ सम्म १७५ वटा साना–ठूला परकम्पको रेकर्ड भएको जनाएको छ । त्यसमध्ये पाँच वटा चार म्याग्नेच्युड भन्दा ठूला परकम्प रेकर्ड भएका छन् । पछिल्लो पटक अपराह्न ३ः४० बजे ४.२ म्याग्नेच्युडको परकम्प गएको छ । कात्तिक १७ गते राति शक्तिशाली भूकम्प गएपछि पनि लगातार तीन वटा चार म्याग्नेच्युडभन्दा बढीका परकम्प गएका थि ए। राति १२ः०८ बजे ४.५, राति १२ः२९ बजे ४.२ र राति १२ः३५ बजे ४.३ म्याग्नेच्युडको परकम्प गएको थियो । त्यसपछि कात्तिक १८ गते बिहान ४ः१६ बजे ४.६ म्याग्नेच्युडको परकम्प गएको थियो । त्यसयता पनि लगातार साना परकम्प गइरहेको केन्द्रले जनाएको छ । साना परकम्पले भने खासै असर गरेको छैन । तर, स्थानीय बासिन्दा त्रसित बनिरहेका छन् । २०७२ सालको गोरखाको बारपाक पछिको यो सबैभन्दा ठुलो भूकम्प हो । उद्धार तथा राहतमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल जुटेको छ। प्रभावित क्षेत्रमा एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरिएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

थप समाचार