Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमती सरकारका तीनजना कर्मचारी सचिव पदमा बढुवा

प्रदेश भ्रमण वर्ष २०२४ घोषणा गरिने

df-1699493300.jpg

२३ कार्तिक, हेटौंडा । बागमती प्रदेश सरकारले बुधबार प्रदेश निजामती कर्मचारी ऐन–२०७९ अनुसार ३ जना कर्मचारीहरुलाई एघारौं तह (सचिव) पदमा बढुवा गरेको छ । 
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत ३ जना कर्मचारीलाई एघारौं तह (सचिव) पदमा बढुवा गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले जानकारी दिए । 
मन्त्रिपरिषद् बैठकले पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडामा कार्यरत डा. गौरीमान श्रेष्ठ, पुष्प विकास केन्द्र गोदावरीमा कार्यरत सुधिर श्रेष्ठ र कृषि केन्द्र ललितपुर कार्यरत नारायण कुमार श्रेष्ठलाई एघारौं तहमा बढुवाको निर्णय गरेको हो । 
बढुवा भएका डा. गौरीमान श्रेष्ठलाई सम्बन्धीत कार्यालयमा पदस्थापन गरिएको छ भने सुधिर श्रेष्ठलाई कृषि विकास निर्देशनालय हेटौंडामा र नारायण प्रसाद श्रेष्ठलाई कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र भण्डारा चितवनमा पदस्थापन गरिएको छ ।
यस्तै मन्त्रिपरिषद बैठकले प्रदेश सरकारको कर्मचारी दरवन्दी तेरिज पनि स्वीकृत गरेको छ । बैठकलले ५ वटा मन्त्रालयको कर्मचारी दरवन्दी तेरिज स्वीकृत गरेको हो । 
बैठकलले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र खानेपानी उर्जा तथा सिंचाई मन्त्रालयको कर्मचारी तेरिज स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन मन्त्री श्रेष्ठले जानकारी दिए । 
बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयको ३१७ जना, आन्तरिक मामिला तथा कानुन मन्त्रालय ४८ जना, संस्कृत पर्यटन तथा सहकारी मन्त्रालय १०३ जना, कृषि तथा पशुपन्छी विकास मन्त्रालय ५८३ जना र खानेपानी उर्जा तथा सिंचाई मन्त्रालय ३४६ जनाको दरवन्दी तेरिज स्वीकृत गरिएको छ । 
प्रदेश भ्रमण वर्ष २०२४ घोषणा गरिने
बागमती प्रदेश सरकारले बागमती प्रदेश भ्रमण वर्ष २०२४ घोषणा गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरीषद बैठकले बागमती प्रदेशमा पर्यटन प्रवर्धनका लागी बागमती प्रदेश भ्रमण वर्ष २०२४ घोषणा गरेको मन्त्री श्रेष्ठले जानकारी दिए । 
भ्रमण बर्षको आन्तरिक तयारीका लागी प्रदेशको संसकृति पर्यटन तथा सहकारी मन्त्रालयलाई तोकीएको पनि मन्त्री श्रेष्टले जानकारी दिए । यस्तै बैठकले पर्यटन पूर्वाधार संचालन तथा व्यवस्थापन कार्यविधि २०८० पनि स्वीकृत गरेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

थप समाचार