२३ कार्तिक, हेटौंडा । बागमती प्रदेश सरकारले बुधबार प्रदेश निजामती कर्मचारी ऐन–२०७९ अनुसार ३ जना कर्मचारीहरुलाई एघारौं तह (सचिव) पदमा बढुवा गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत ३ जना कर्मचारीलाई एघारौं तह (सचिव) पदमा बढुवा गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडामा कार्यरत डा. गौरीमान श्रेष्ठ, पुष्प विकास केन्द्र गोदावरीमा कार्यरत सुधिर श्रेष्ठ र कृषि केन्द्र ललितपुर कार्यरत नारायण कुमार श्रेष्ठलाई एघारौं तहमा बढुवाको निर्णय गरेको हो ।
बढुवा भएका डा. गौरीमान श्रेष्ठलाई सम्बन्धीत कार्यालयमा पदस्थापन गरिएको छ भने सुधिर श्रेष्ठलाई कृषि विकास निर्देशनालय हेटौंडामा र नारायण प्रसाद श्रेष्ठलाई कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र भण्डारा चितवनमा पदस्थापन गरिएको छ ।
यस्तै मन्त्रिपरिषद बैठकले प्रदेश सरकारको कर्मचारी दरवन्दी तेरिज पनि स्वीकृत गरेको छ । बैठकलले ५ वटा मन्त्रालयको कर्मचारी दरवन्दी तेरिज स्वीकृत गरेको हो ।
बैठकलले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र खानेपानी उर्जा तथा सिंचाई मन्त्रालयको कर्मचारी तेरिज स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन मन्त्री श्रेष्ठले जानकारी दिए ।
बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयको ३१७ जना, आन्तरिक मामिला तथा कानुन मन्त्रालय ४८ जना, संस्कृत पर्यटन तथा सहकारी मन्त्रालय १०३ जना, कृषि तथा पशुपन्छी विकास मन्त्रालय ५८३ जना र खानेपानी उर्जा तथा सिंचाई मन्त्रालय ३४६ जनाको दरवन्दी तेरिज स्वीकृत गरिएको छ ।
प्रदेश भ्रमण वर्ष २०२४ घोषणा गरिने
बागमती प्रदेश सरकारले बागमती प्रदेश भ्रमण वर्ष २०२४ घोषणा गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरीषद बैठकले बागमती प्रदेशमा पर्यटन प्रवर्धनका लागी बागमती प्रदेश भ्रमण वर्ष २०२४ घोषणा गरेको मन्त्री श्रेष्ठले जानकारी दिए ।
भ्रमण बर्षको आन्तरिक तयारीका लागी प्रदेशको संसकृति पर्यटन तथा सहकारी मन्त्रालयलाई तोकीएको पनि मन्त्री श्रेष्टले जानकारी दिए । यस्तै बैठकले पर्यटन पूर्वाधार संचालन तथा व्यवस्थापन कार्यविधि २०८० पनि स्वीकृत गरेको छ ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







