२५ कार्तिक, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका ९ नम्बर वडा कार्यालयले अब आफ्नै भवनबाट सेवा सुरु गरेको छ । नवनिर्मित कार्यालय भवनको बिहीबार उद्घाटन गरिएसँगै आफ्नै भवनबाट सेवा सुरु गरेको हो ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले नवनिर्मित कार्यालयको उद्घाटन गरेका हुन् । रत्नकुमारी एण्ड सन्स हेटौंडाले ७९ लाख ११ हजार ८३६ रुपैयाँ ६८ पैसा मा साढे २ तले भवन निर्माण कार्य सम्पन्न गरेको हो ।
स्थानीय दुवमाया कालाखेतीले आफ्नो स्वर्गीय श्रीमानको स्मृतिमा उपलब्ध गराएको एक कट्ठा १२ धुर जग्गामा वडा कार्यालय भवन निर्माण भएको वडा अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । भवन निर्माणका लागि २०७६ माघ १ गते बोलपत्र आव्हान भएको थियो । एक करोड ३३ लाख ९० हजार रुपैयाँको स्टिमेट गरिएकोमा ८८ लाख ८५ हजार ६६ रुपैयाँ ८० पैसामा ठेक्का लागेको थियो ।
नवनिर्मित भवनको ६ वटा अफिस कोठासहित एउटा हल, गेष्ट रुम, किचन र शौचालय रहेको छ । वडा अध्यक्ष श्रेष्ठले नयाँ कार्यालय भवनबाट थप गुणस्तरीय सेवा प्रदान गर्न सहज हुने विश्वास व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य बानियाँले व्यवस्थालाई कमजोर बनाउनेहरु सक्रिय हुन थालेको भन्दै अब जनताको अवस्था परिवर्तन हुन नदिनेहरु चिन्न जरुरी रहेको धारणा राखे । जनप्रतिनिधिहरुलाई उनले सेवामुखी काम गर्न सुझाव दिए ।
मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले अब मनहरी गाउँपालिकाको एउटा मात्रै वडाको भवन निर्माण हुन बाँकी रहेको जानकारी दिँदै मनहरी ४ को पनि तिहार पछि ठेक्का लाग्ने बताए । उनले जनप्रतिनिधिलाई सेवा प्रवाहमा ध्यान दिन अनुरोध गर्दै आवश्यक सहयोगका लागि गाउँपालिका तयार रहेको बताए । मनहरी गाउँपालिकाले गरेको काम जनताले महसुस गर्न थालेका दावी गर्दै अध्यक्ष कालाखेतीले निःशुल्क स्वास्थ बीमा र छात्रवृत्ति कार्यक्रम प्रभावकारी भएको बताए ।
कार्यक्रममा जग्गादाता कालाखेतीलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा मनहरी ८ नम्बर वडा अध्यक्ष नारायण उप्रेती, ९ नम्बरका निवर्तमान वडा अध्यक्ष साधुराम अधिकारी, वडा सदस्य गुप्तबहादुर थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















