Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

शिक्षक संघ मकवानपुरको देउँसी भैलोको रकम भूकम्प पिडितलाई

df-1700486404.jpg

४ मंसिर,हेटौँडा । शिक्षकहरुको हकहितको लागि स्थापना भएको नेपाल शिक्षक संघले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प पिडितलाई रकम सहयोग गरेको छ । नेपाल शिक्षक संघ मकवानपुरले देउँसी भैलोबाट संकलित रकम जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प पिडितलाई सहयोग गरेको हो।  संघ मकवानपुरले कार्तिक २७ गते आयोजना गरेको देउँसी भैलोबाट संकलित ६० हजार १७० रुपैयाँ कार्तिक १७ गते जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प पिडितकलाई सहयोग गरेको हो । संघले प्रधानमन्त्री दैविक प्रकोप सहायत कोष अन्तर्गत पुतलिसडक काठमाण्डौ स्थित राष्ट्रिय वाणिज्य बैंकको चल्ती खाता मार्फत उक्त रकम सहयोग गरेको संघ मकवानपुर सचिव श्रीराम लुईटेलले जनाएका छन् । 
सोमबार दिउँसो नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाई नेतृत्वको एक टोलीले मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईलाई प्रधानमन्त्री दैविक प्रकोप सहायता कोषमा जम्मा गरेको रकमको बैंक भौचर बुझाएको थियो । नेपाल शिक्षक संघ मकवानपुरले देउसी भैलो कार्यक्रमको आयोजना गरेर भूकम्प पीडितहरुलाई सहयोग पुगोस भन्दै उक्त रकम नेपाल सरकार मार्फत सहयोग गरिएको नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाईले बताएका छन् । उनले संघ विपद र विपदबाट उत्पन्न हुने समस्यामा सहयोग गर्न शिक्षक संघ सधै तयार रहेको समेत बताएका छन् ।  

dfaa-1700486404.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

थप समाचार