कंगना रनोट
अभिनेत्री कंगना रनोट यस वर्ष पनि विवाद र चर्चाको केन्द्रमा रहिन्। कंगना र उनका कथित ‘ब्वाई फ्रेन्ड’ ऋतिक रोशनबीचको विवादले बलिउड तताइरह्यो। एउटा न्युज च्यानललाई अन्तर्वार्ता दिँदा उनले ऋतिक र आदित्य पञ्चोलीसँग आफ्नो सम्बन्धबारे खुलेर बोलेकी थिइन्। यसपछि विवाद बढेर एकअर्कामाथि आरोप–प्रत्यारोप लगाउने क्रम सुरु भयो। अर्को न्युज च्यानललाई अन्तर्वार्ता दिँदै ऋतिकले आफ्नो र कंगनाको प्रेम सम्बन्ध नरहेको बताएका थिए।
दीपिका पादुकोण
फिल्म ‘पद्मावती’ मा मुख्य भूमिका निर्वाह गरेकी अभिनेत्री दीपिका पादुकोण पनि यस वर्ष विवादमा फँसिन्। डिसेम्बर १ मा रिलिज हुने भनिएको फिल्म करणी सेनासहित विभिन्न संगठनका विरोधका कारण रिलिज भएन। यी संगठनले दीपिकामाथि आरोप लगाए– उनले इतिहास नबुझीकन फिल्म साइन गरिन्। दीपिकालाई नाक काट्नेसमेत धम्की दिइएको थियो।
अनुष्का शर्मा
वर्षको अन्तिमतिर अभिनेत्री अनुष्का शर्मा चर्चामा रहिन्। चार वर्षसम्म भारतीय क्रिकेर विराट कोहलीसँगको प्रेम सम्बन्धपछि उनले डिसेम्बर ११ मा बिहे गरिन्। इटलीमा बिहे गरेको यो जोडीले रोममा हनिमुन मनायो। प्रशंसकमाझ ‘विरुष्का’ का नामले चिनिने यस जोडीले २१ डिसेम्बरमा दिल्लीमा बिहेको रिसेप्सन राखेको थियो। जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि आएका थिए। यो कुराले पनि उनीहरूको बिहेलाई थप चर्चा दिलायो। यसबाहेक बिहे तथा रिसेप्सनमा लगाएका पहिरन र गहनाका कारण पनि अनुष्का चर्चामा रहिन्। उनीहरूको बिहेमा करिब ढेड अर्ब रुपैयाँ खर्च भएको बताइएको छ।
माहिरा खान
फिल्म ‘रइस’ मा अभिनय गरेकी पाकिस्तानी अभिनेत्री माहिरा खान पनि यस वर्ष चर्चामा रहिन्। तर, आतंककारी हमला हुने हल्लाका कारण भारतभरि पाकिस्तानी कलाकारको विरोध भयो। जसको शिकार माहिरा पनि भइन्। उनका कारण फिल्मकै विरोध भयो। साथै, रणवीर कपुरसँग धूम्रपान गर्दै गरेको तस्बिरले पनि माहिरालाई विवादित बनायो।
सारा अली खान
सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली खानले बलिउडमा ‘इन्ट्री’ गर्ने हल्ला लामो समयदेखि चलिआएको थियो। यस वर्ष यो हल्लाले बिराम पायो। सारा अभिषेक कपुरको फिल्म ‘केदारनाथ’ मा देखिनेछिन्।
जाह्नवी कपुर
श्रीदेवी र बोनी कपुरकी छोरी जाह्नवी कपुरको अभिनय यात्रा पनि यस वर्षबाट सुरु भयो। मराठी ब्लकबस्टर फिल्म ‘सैराट’ को रिमेक फिल्म ‘धडक’ मा उनी शाहिद कपुरका भाइ इशान खट्टरसँग पर्दामा देखिनेछिन्।
भूमि पेडनेकर
यस वर्षको हिट फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा’ की अभिनेत्री भूमि पेडनेकर पनि चर्चामा रहिन्। फिल्ममा अक्षय कुमारकी अभिनेत्रीका रूपमा देखिएकी उनी वजन घटाएका कारण चर्चामा रहिन्। पछिल्लो फिल्म ‘दम लगा के हइसा’ का लागि उनले आफ्नो वजन बढाएकी थिइन्। उनले आफ्नो वजन ९० किलो पुर्याएकी थिइन्। फिल्मपछि चार महिनामै उनले २१ किलो वजन घटाएकी थिइन्।
जायरा वसिम
फिल्म ‘दंगल’ बाट अभिनय यात्रा थालेकी जायरा वसिम पनि यस वर्ष चर्चामा रहिन्। उनको दोस्रो फिल्म ‘सिक्रेट सुपरस्टार’ यसै वर्ष रिलिज भयो। जसमा उनी मुख्य भूमिकामा थिइन्। यसबाहेक दिल्लीबाट मुम्बई जाँदा फ्लाइटमा एक सहयात्रीले आफूसँग छेडछाड गरेको आरोप उनले लगाएकी थिइन्। जबकि, आरोपीकी श्रीमतीले जायराले चर्चा पाउन यसो गरेको बताएकी थिइन्।
साभार : अन्नपूर्ण पोष्ट
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















