Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा सामुदायिक आँखा अस्पतालले निःशुल्क शिविर गर्ने

Capture-1700614693.JPG

६ मङ्सिर, हेटौंडा । हेटौंडा सामुदायिक आँखा अस्पतालले मकवानपुरसहित तराईका जिल्लाहरुमा आँखा शिविर संचालन गर्ने भएको छ ।
तिलगंगा आँखा प्रतिष्ठानद्वारा संचालित अस्पतालले मंसिर र पुस महिनामा मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाहीलगायत जिल्लामा निःशुल्क आँखा शिविर गर्ने भएको हो । 
आँखा अस्पतालको तालिका अनुसार मंसिर र पुसमा विभिन्न जिल्लाहरुमा निःशुल्क शिविर गर्दै आइरहेकोमा यो वर्ष पनि निःशुल्क शिविर गर्न लागिएको अस्पताल व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिए । उनका अनुसार आगामी ८, ९, २५ र २६ गते मकवानपुरको बागमती गाउँपालिकामा निःशुल्क आँखा शिविर हुने छ । 
सर्लाही लगायतका तराईका जिल्लाहरुमा भने पुस महिनाबाट शिविर संचालन हुनेछ । जाडो मौसम सुरु भएसँगै आँखाको शल्यक्रिया गर्नु उपयुक्त हुने भएकोले आँखा अस्पतालले स्थानीय समुदायसँगको सहकार्यमा शिविरको आयोजना गर्ने गरेको छ । 
निःशुल्क आँखा शिविरमा आँखाको परीक्षण गर्नुका साथै मोतिविन्दुको समस्या भएका बिमारीको शल्यक्रिया पनि निःशुल्क गरिने व्यवस्थापक श्रेष्ठको भनाई छ । मोतिविन्दुको शल्यक्रियाका लागि विरामीलाई खानेबस्ने सुबिधासहित यातायातको व्यवस्था गरी हेटौंडास्थित अस्पतालमै ल्याउने गरिएको उनले बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार