७ मङ्सिर, हेटौंडा । मकवानपुरमा हरिबोधिनी एकादशीको अवसरमा ठुलो मेला लागेको छ । मकवानपुरको मकवानपुरगढी २ मा रहेको ऐतिहासिक गढीदरबार परिसर र भीमफेदी १ त्रिखण्डेश्वर मन्दिर परिसरमा मेला लागेको हो । एकादशी मेलामा बिहीबार बिहानै देखी भक्तजनहरु र मेला हेर्न आउनेको घुईचो लागेको हो । मकवानपुरगढी दरवार परिसरमा रहेको वंशगोपाल मन्दिरमा व्रतालुहरुले पुजाआजा गर्नुका साथै मेलामा नाचगान गरेर मनाएका छन् । मेला भर्न आउने भक्तालुहरुको लागि आवश्यक सुरक्षा र व्यवस्थापन गरिएको वडा नम्बर २ का वडा अध्यक्ष बखानसिं पाख्रिनले बताए । मेलालाई व्यवस्थित गर्न प्रहरी, वडा कार्यालय, टोल विकास समितिले आवश्यक समन्वय गरेको अध्यक्ष पाख्रीनले बताए । त्यस्तै, भीमफेदी गाउँपालिका वडा नम्बर १ मा रहेको त्रिखण्डेश्वर महादेवको मन्दिर परिसरमा पनि ठुलो मेला लागेको छ । त्रिभूवन राजपथमा अवस्थित उक्त मन्दिर मेलाले गर्दा सडकमा सवारी साधान आवातजावतमा कठिनाई भएको थियो । सुरक्षाकर्मी परिचालन गरी मेलालाई सुरक्षित र व्यवस्थित गरिएको मकवानपुर प्रहरीले जनाएको छ । त्रिखण्डीमा पनि बिहीबार विहानै देखी श्रद्धालुको भीड लागेको थियो ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















