९ मंसिर,हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो २७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ भने विभिन्न विद्याका १५ जना सम्मानित गरेको छ । समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षता तथा डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजनल वन अधिकृत पुष्पराज बर्तौलाको प्रमुख आतिथ्यता शनिबार साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा समूहका अध्यक्ष न्यौपानेले संस्थागत प्रतिवेदन, सचिव नानीमाया रुम्बाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष गोमा लामिछानेले चालु आव. ०८०/०८१ को लागि ४७ लाख ५० हजारको अनुमानित आयब्यय विवरण, लेखा संयोजक श्याम कुमार श्रेष्ठले लेखा समितिको प्रथिवेदन र कार्यालय सचिव भीमसेन पौडेलले आव. ०७९/०८० को लेखा परिक्षण प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभाको अवसरमा विभिन्न विद्याका १५ जना ब्यक्तिहरुलाई सम्मानित गरिएको थियो । ज्येष्ठ उपभोक्तामा थिर कुमारी बतौला र कपिलमुनि तिमल्सिना, वन प्राविधिकमा सव डिभिजन वन कार्यालय, हेटौडाका प्रमुख रामचन्द्र श्रेष्ठ, सञ्चारकर्मीमा कान्तिपुर राष्ट्रिय दैनिकका सम्वाददाता प्रताप विष्ट, विपी गणेशमान स्मृति शान्तिपार्क निर्माणमा सहयोग गर्ने अर्जुन प्रसाद चौलागाई, साधुराम चौलागाई, बासुदेव सापकोटा, भरत सापकोटा र रुपेश दुलाललाई सम्मानित गरिएको थियो ।
यसैगरि साधारणसभामा धेरै उपभोक्ता उपस्थित गराउने केशव धिताल, सालक संरक्षणमा सहयोग गर्ने हिमालयन नेचर र प्रदिप ढुङगाना, २०७९ सालको एसईइमा उत्कृष्ट अंक हासिल गर्ने शान्ति कुमारी शाह र रिजन घोरसाइृनी र उत्कृष्ट कर्मचारीमा समूहका कार्यालय सचिव भीमसेन पौडेललाई सम्मानित गरिएको थियो ।
साधारसणसभामा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, मकवानपुरगढी–३ का वडा अध्यक्ष भागवत घिमिरे, ४ का वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, हेटौडा–६ का वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, मुना विक., सरिता सापकोटा, सामुदायिक वन उपभेक्ता महासंघ, राष्ट्रिय कार्यसमिति सदस्य रामहरि चौलागाई, मकवानपुर अध्यक्ष साधुराम चौलागाई, भूमि आयोग मकवानपुरका विज्ञ सदस्य अर्जुन प्रसाद चौलागाई, बंशगोपाल माविका प्राचार्य रमेश प्रसाद लामिछाने, सव डिभिजन वन कार्यालय, हेटौडाका फरेष्टर यदु कुमार घिमिरे, समूहका सल्लाहकार कृष्ण बिडारी, हिमाल महिमला बहुउद्धेश्यीय सहकारीकी अध्यक्ष जानकी दाहाल,कामधेनु सहकारीका अध्यक्ष उदय विडारी, नौलो बिहानी कृषि सहकारीका अध्यक्ष भरत सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
२०५७ सालको सर्वमान्य गणेशमान सिह वन संरक्षण प्रथम पुरस्कार प्राप्त गर्न सफ यस समूहको क्षेत्रफल १ सय ३४ हेक्टर रहेको छ भने ८ सय ५० घरघुरी आवद्ध रहेका छन् ।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











