१३ मङ्सिर, थाहा । थाहा नगरपालिकामा क्रियाशिल पालुङ जेसीजले नियमित कार्यक्रम अन्तरगतको जेसीज सप्ताह विविध कार्यक्रम सहित मनाउने भएको छ । मंसिर १५ देखि १७ गतेसम्म बिभिन्न सातवटा कार्यक्रम गरी जेसीज सप्ताह मानउन लागिएको पालुङ जेसीज बर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष एवं सप्ताह मूल कार्यक्रम संयोजक अञ्जय प्रधानले जानकारी दिए ।
बिहीबार सम्पन्न पालुङ जेसीजको सातौं बोर्ड बैठकले बिभिन्न ७ वटा कार्यक्रमको कार्यक्रम मिति, स्थान सहित कार्यक्रम संयोजकहरु चयन गरिएको कोषाध्यक्ष माधव कार्कीले बताए । कोषाध्यक्ष कार्कीका अनुसार मंसिर १५ गते तीन कार्यक्रम हुनेछन् ।
१५ गते बिहान ७ बजे जेसीज हलमा जेसीज सप्ताह कार्यक्रमको उद्घाटन कार्यक्रम अजित कार्कीको संयोजकत्वमा हुनेछ । बिहान १० बजे सेतीगणेश निमाबि थाहा ३ मा हरचिन्द्र कार्कीको संयोजकत्वमा भरत–रत्न छात्रवृत्ति बितरण कार्यक्रम हुनेछ । बिहान ११ बजे रचना बस्नेतको संयोजकत्वमा थाहा ४ किटेनीमा रहेको किराँतेश्वर जेष्ठ नागरिक मिलन केन्द्रमा निशुल्क आँखा शिविर हुनेछ ।
यस्तै मंसिर १६ गते बिहान ७ बजे सुबिन्द्रमान प्रधानको संयोजकत्वमा जेसीज मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता ब्याडमिन्टन कभर्डहल थाहा ४ मा हुनेछ भने दिउँसो ४ बजे जेसीज सभाहल परिसरमा नारायण तामाङको संयोजकत्वमा जेसीज बगैचा निर्माण कार्यक्रम हुनेछ ।
सप्ताह कार्यक्रमको अन्तिम दिन मंसिर १७ गते बिहान ७ बजे जनकल्याण माबि थाहा ३ मा ‘जीवन परिवर्तन’ बिषयक सेमिनार बिराज थापाको संयोजकत्वमा हुनेछ भने दिउँसो १ बजे ‘डाडाघरे बा’ को होमस्टे थाहा २ मा समापन तथा पुरस्कार वितरण कार्यक्रम मान सिं दोङको संयोजकत्वमा हुनेछ ।
सामाजिक उत्तरदायित्व सहितको कार्यमा युवाहरुको क्षमता बिकासका लागि पालुङ जेसीजले विविध रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्दे आएको पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष एवं नेपाल जेसीज बर्ष २०२४ का लागि राष्ट्रिय उपाध्यक्षका उम्मेद्वार संगम कार्कीले बताए ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

















