१४ मङ्सिर, थाहा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली जनताले वर्तमान व्यवस्थाको विपकल्प नखोजेको दावी गरेका छन् । मकवानपुरको थाहा नगरपालिकामा बिहिबारबाट सुरु भएको ‘थाहा महोत्सव’को उद्घाटन गर्दै उनले नेपाली जनताले व्यवस्था भन्दा पनि आफ्नो अवस्थाको परिवर्तनका लागी विकास र समृद्धि खोजेको दावी गरे ।
थाहा नगर उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले अहिले सामाजिक सञ्जालहरुमा चलाइएको हल्ला जस्तो नागरिकको चाहना व्यवस्था परिवर्तन केन्द्रीत नभएको बताए ।
‘केही व्यक्ति र मानिसहरुले सामाजिक सञ्जालको दुरुपायोग गर्दै चलाएको हल्ला र भ्रमले व्यवस्था परिवर्तन हुँदैन । यो नागरिकको चाहना होइन् । नागरिकले व्यवस्था भन्दा पनि आफ्नो अवस्था परिवर्तन चाहेका छन् । हामीले त्यो बुझ्नुपर्छ,’ उनले भने ।
मुख्यमन्त्री जम्कट्टेलले विकास र समृद्धिका मुद्धामा एकजुट भएर हिड्न सबैलाई आव्हान गरे । उनले कृषि, पर्यटन, उद्योगको विकास गरेर देशमा रोजगारी सृजना गर्ने विषयमा छलफल र बहस गर्नु आवस्यक रहेको औल्याए ।
आजको आवस्यकता भनेको रोजगारी कसरी सृजना गर्ने, बाहिरिएको युवा शक्तिलाई कसरी देशमै रोक्ने, देशको अर्थतन्त्रलाई कसरी उकास्ने भन्ने रहेको उल्लेख गर्दै उनले अव राजनितिक वहस छोडेर आर्थिक विकासको वहसमा केन्द्रीत हुनुपर्ने बताए ।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले कृषि क्षेत्रको रुपान्तरणका लागि समुदायमा आधारित अनुदान कार्यक्रम लागु गर्ने तयारी गरिरहेको जानकारी दिँदै कृषि क्षेत्रमा आवद्ध कृषकहरुलाई लक्षित गरी पकेट क्षेत्र घोषणा गरेर अनुदान तथा उत्पादनका कार्यक्रम कार्यान्वयन गर्ने दावी गरे । स्थानीय तहहरुको सिफारिसका आधारमा बागमती प्रदेशमा ८५ वटा पकेट क्षेत्र घोषणाको तयारी गरेको उनको भनाई छ ।
उनले समुदायमा आधारित उत्पादन मोडल अनुसार सरकारले स्थानीय र प्रदेश सरकारसँंग कृषक, निजी क्षेत्र र सहकारीहरुलाई जोड्ने र कृषि उत्पादनको बृद्धिसँगै त्यसको बजारीकरणमा पनि सहयोग गर्ने बताए ।
थाहा नगर उद्योग वाणिज्य संघको आयोजना सुरु भएको महोत्सव १० दिनसम्म चल्ने छ । मेलाले उत्तरी मकवानपुरको कृषि, पर्यटन र व्यापारको प्रवर्धनमा टेवा पु¥याउने संघका अध्यक्ष पुरुषोत्तम ढकालले विश्वास व्यक्त गरे ।
महोत्सवमा कृषि, अटो तथा सवारीसाधन, फेन्सी तथा कस्मेटिक, हस्तकला तथा उद्यमशील, आइटी, परामर्श तथा प्रवद्र्धन लगायत गरी २ सय ५० वटा स्टलहरु रहेका छन् ।
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...






-1788745767.jpg)



-1788140988.jpg)






