Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

व्यवस्थाको विकल्प नागरिकको एजेण्डा होइन: मुख्यमन्त्री जम्कट्टेल

Capture-1701392436.JPG

१४ मङ्सिर, थाहा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली जनताले वर्तमान व्यवस्थाको विपकल्प नखोजेको दावी गरेका छन् । मकवानपुरको थाहा नगरपालिकामा बिहिबारबाट सुरु भएको ‘थाहा महोत्सव’को उद्घाटन गर्दै उनले नेपाली जनताले व्यवस्था भन्दा पनि आफ्नो अवस्थाको परिवर्तनका लागी विकास र समृद्धि खोजेको दावी गरे ।
थाहा नगर उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले अहिले सामाजिक सञ्जालहरुमा चलाइएको हल्ला जस्तो नागरिकको चाहना व्यवस्था परिवर्तन केन्द्रीत नभएको बताए ।
‘केही व्यक्ति र मानिसहरुले सामाजिक सञ्जालको दुरुपायोग गर्दै चलाएको हल्ला र भ्रमले व्यवस्था परिवर्तन हुँदैन । यो नागरिकको चाहना होइन् । नागरिकले व्यवस्था भन्दा पनि आफ्नो अवस्था परिवर्तन चाहेका छन् । हामीले त्यो बुझ्नुपर्छ,’ उनले भने ।
मुख्यमन्त्री जम्कट्टेलले विकास र समृद्धिका मुद्धामा एकजुट भएर हिड्न सबैलाई आव्हान गरे । उनले कृषि, पर्यटन, उद्योगको विकास गरेर देशमा रोजगारी सृजना गर्ने विषयमा छलफल र बहस गर्नु आवस्यक रहेको औल्याए ।
आजको आवस्यकता भनेको रोजगारी कसरी सृजना गर्ने, बाहिरिएको युवा शक्तिलाई कसरी देशमै रोक्ने, देशको अर्थतन्त्रलाई कसरी उकास्ने भन्ने रहेको उल्लेख गर्दै उनले अव राजनितिक वहस छोडेर आर्थिक विकासको वहसमा केन्द्रीत हुनुपर्ने बताए ।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले कृषि क्षेत्रको रुपान्तरणका लागि समुदायमा आधारित अनुदान कार्यक्रम लागु गर्ने तयारी गरिरहेको जानकारी दिँदै कृषि क्षेत्रमा आवद्ध कृषकहरुलाई लक्षित गरी पकेट क्षेत्र घोषणा गरेर अनुदान तथा उत्पादनका कार्यक्रम कार्यान्वयन गर्ने दावी गरे । स्थानीय तहहरुको सिफारिसका आधारमा बागमती प्रदेशमा ८५ वटा पकेट क्षेत्र घोषणाको तयारी गरेको उनको भनाई छ । 
उनले समुदायमा आधारित उत्पादन मोडल अनुसार सरकारले स्थानीय र प्रदेश सरकारसँंग कृषक, निजी क्षेत्र र सहकारीहरुलाई जोड्ने र कृषि उत्पादनको बृद्धिसँगै त्यसको बजारीकरणमा पनि सहयोग गर्ने बताए ।
थाहा नगर उद्योग वाणिज्य संघको आयोजना सुरु भएको महोत्सव १० दिनसम्म चल्ने छ । मेलाले उत्तरी मकवानपुरको कृषि, पर्यटन र व्यापारको प्रवर्धनमा टेवा पु¥याउने संघका अध्यक्ष पुरुषोत्तम ढकालले विश्वास व्यक्त गरे । 
महोत्सवमा कृषि, अटो तथा सवारीसाधन, फेन्सी तथा कस्मेटिक, हस्तकला तथा उद्यमशील, आइटी, परामर्श तथा प्रवद्र्धन लगायत गरी २ सय ५० वटा स्टलहरु रहेका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार