१५ मङ्सिर, हेटौँडा । हेटौंडा वडा १४ स्थित उत्तरपानीमा टसीलिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट संचालित २८८ वटा धारा, डिप बोरिङ्ग तथा पानी टंकी सहितको खानेपानी योजना २०८० मंसिर १५ गते एक समारोहका बिच हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएको छ ।
उक्त खानेपानी उपभोक्ता समिति बोर्डमा हस्तान्तरणपश्चात २०८० मंसिर महिना देखि लागु हुने गरी संचालनमा रहेका २८८ वटा धाराहरुका उपभोक्ताहरुले हेटौंडा उपमहानगरपालिकाले उपलब्ध गराएको मासिक १० हजार लिटर बराबरको खानेपानी निःशुल्क उपभोग गर्न पाउने भएका छन् । टसीलिङ खानेपानी उपभोक्ता समिति बोर्डमा हस्तान्तरण भए संगै १४ नं. वडाको सम्पुर्ण भु—भागको खानेपानीको व्यवस्थापन हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले गर्ने भएको छ ।
यस अघि नै मयूधाप खानेपानी तथा सरसफाई उपभोक्ता समिति, चुरियामाई संयुक्त खानेपानी तथा सरसफाई उपभोक्ता समिति र बनेलधाप कालोपानी खानेपानी तथा सरसफाई उपभोक्ता समिति बोर्डमा हस्तान्तरण भई सकेका छन् । बोर्डले पानी महशुल संकलनको लागि वडा न. १४ स्थित बनेलधापमा प्रत्येक महिनाको २२ गते देखि मसान्त सम्म महशुल संकलन काउन्टर संचालन गर्दै आइरहेको छ ।
खानेपानी उपभोक्ता समिति हस्तान्तरण कार्यक्रममा समिति अन्तर्गत कार्यरत कर्मचारीहरु राम सिं. थिङ्ग र जय बहादुर थिङ्गलाई उमेर हदको कारण अवकाश प्राप्त भएकोले कार्यक्रमका प्रमुख अतिथि एव उपमहानगरपालिकाकी मेयर मीनकुमारी लामा, बिशिष्ट अतिथि उपमेयर राजेश वानिया लगायतले दोसल्ला ओढाई, प्रमाण पत्र र नगद सहित सम्मान तथा बिधाई गरिएको छ ।
टसीलिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष श्री जगत बहादुर सिन्तानको सभाअध्यक्षता भएको उक्त कार्यक्रममा प्रमुख अतिथी लामाले उपमहानगरपालिकामा खानेपानीलाई व्यवस्थित गर्न र नगरवासीलाई सुविधा उपलब्ध गराउन उपमहानगरपालिकाले १० हजार लिटर पानीको महशुल निशुल्क गरेको वताईन ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश वानियाले निर्वाचनका वेलामा नगरवासी समक्ष गरेका प्रतिवद्धताहरु एकपछि अर्को गर्दै पुरा गरिरहेको वताए ।
कार्यक्रममा बोर्डका अध्यक्ष प्रताप बिष्ट, बोर्ड सदस्य श्री इन्द्र प्रसाद नेपाल, बोर्डका कार्यकारी निर्देशक श्री बिष्णु प्रसाद सापकोटा, १४ नम्बर वडा अध्यक्ष दिपक खड्का, भविष्य मध्यवती वन उपभोक्ता समितिका अध्यक्ष तीर्थ मोक्तान, १४ नं. वडाका वडा सदस्य लगायत विभिन्न टोल विकास संस्थाका प्रतिनिहरुको आतिथ्यता रहेको थियो ।
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















