Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

१४ वडाको सम्पुर्ण खानेपानीको व्यवस्थापन खानेपानी बोर्डलाई

Handover-Photo-1701430400.jpg

१५ मङ्सिर, हेटौँडा । हेटौंडा वडा १४ स्थित उत्तरपानीमा टसीलिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट संचालित २८८ वटा धारा, डिप बोरिङ्ग तथा पानी टंकी सहितको खानेपानी योजना २०८० मंसिर १५ गते एक समारोहका बिच हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएको छ । 
उक्त खानेपानी उपभोक्ता समिति बोर्डमा हस्तान्तरणपश्चात २०८० मंसिर महिना देखि लागु हुने गरी संचालनमा रहेका २८८ वटा धाराहरुका उपभोक्ताहरुले हेटौंडा उपमहानगरपालिकाले उपलब्ध गराएको मासिक १० हजार लिटर बराबरको खानेपानी निःशुल्क उपभोग गर्न पाउने भएका छन् । टसीलिङ खानेपानी उपभोक्ता समिति बोर्डमा हस्तान्तरण भए संगै १४ नं. वडाको सम्पुर्ण भु—भागको खानेपानीको व्यवस्थापन हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले गर्ने भएको छ ।
यस अघि नै मयूधाप खानेपानी तथा सरसफाई उपभोक्ता समिति, चुरियामाई संयुक्त खानेपानी तथा सरसफाई उपभोक्ता समिति र बनेलधाप कालोपानी खानेपानी तथा सरसफाई उपभोक्ता समिति बोर्डमा हस्तान्तरण भई सकेका छन् । बोर्डले पानी महशुल संकलनको लागि वडा न. १४ स्थित बनेलधापमा प्रत्येक महिनाको २२ गते देखि मसान्त सम्म महशुल संकलन काउन्टर संचालन गर्दै आइरहेको छ ।
खानेपानी उपभोक्ता समिति हस्तान्तरण कार्यक्रममा समिति अन्तर्गत कार्यरत कर्मचारीहरु राम सिं. थिङ्ग र जय बहादुर थिङ्गलाई उमेर हदको कारण अवकाश प्राप्त भएकोले कार्यक्रमका प्रमुख अतिथि एव उपमहानगरपालिकाकी मेयर मीनकुमारी लामा, बिशिष्ट अतिथि उपमेयर राजेश वानिया लगायतले दोसल्ला ओढाई, प्रमाण पत्र र नगद सहित सम्मान तथा बिधाई गरिएको छ । 
टसीलिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष श्री जगत बहादुर सिन्तानको सभाअध्यक्षता भएको उक्त कार्यक्रममा प्रमुख अतिथी लामाले उपमहानगरपालिकामा खानेपानीलाई व्यवस्थित गर्न र नगरवासीलाई सुविधा उपलब्ध गराउन उपमहानगरपालिकाले १० हजार लिटर पानीको महशुल निशुल्क गरेको वताईन । 
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश वानियाले निर्वाचनका वेलामा नगरवासी समक्ष गरेका प्रतिवद्धताहरु एकपछि अर्को गर्दै पुरा गरिरहेको वताए । 
कार्यक्रममा बोर्डका अध्यक्ष प्रताप बिष्ट, बोर्ड सदस्य श्री इन्द्र प्रसाद नेपाल, बोर्डका कार्यकारी निर्देशक श्री बिष्णु प्रसाद सापकोटा, १४ नम्बर वडा अध्यक्ष दिपक खड्का, भविष्य मध्यवती वन उपभोक्ता समितिका अध्यक्ष तीर्थ मोक्तान, १४ नं. वडाका वडा सदस्य लगायत विभिन्न टोल विकास संस्थाका प्रतिनिहरुको आतिथ्यता रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार