Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

समुदाय प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारीता सम्बन्धि अन्तरक्रिया

dfdd-1701484562.jpg

१६ मङ्सिर, हेटौंडा । सामुदायिक सेवा केन्द्र मकवानपुर र सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले शुक्रबार समुदाय प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारीता सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
केन्द्रका अध्यक्ष तथा सामुदाय प्रहरी साझेदारीका जिल्ला सदस्य राम बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा समुदाय प्रहरी साझेदारीका जिल्ला सह–संयोजक प्रहरी उपरीक्षक सिताराम रिजालको प्रमुख आतिथ्यता रहेको थियो । 
कार्यक्रमको अवसर पारेर प्रहरी प्रमुख रिजाललाई स्वागत तथा सम्मान समेत गरिएको छ । उक्त अवसरमा प्रमुख रिजालले समाज परिवर्तनमा प्रहरी एक्लैको प्रयासले सम्भव नहुने बताए ।
उनले प्रहरीको कामलाई नागरिकको सकरात्मक सहयोग भए परिणाम समाजमा शान्ति स्थापना, सुशासन र अमनचयन कायम गर्न परिणाममुखी काम गर्न सकिने दावी गरे ।
प्रहरी प्रमुख रिजालले सामुदायिक सेवा केन्द्रहरुले नागरिक र प्रहरीको बिचमा पुलको काम गरेको भन्दै प्रशंसा गरे ।
कार्यक्रमको अवसरमा काठमाडौ महानगरपालिकाको आर्थिक सहयोगमा धार्मिक भ्रमण तथा सामुदायिक अवलोकनको लागी आएको १३० जनालाई स्वागत गरिएको थियो । काठमाडौंको पुरानो बस पार्क सामुदायिकका पदाधिकारी, कार्यसमिति सदस्य, पुर्व अध्यक्ष, जेष्ठ नागरिकहरूलाई अध्यक्ष बिष्टले स्वागत गरेका थिए ।
उक्त अवसरमा काठमाडौं महानगरपालिका वडा नम्बर २८ पुरानो बसपार्क सामुदायिक केन्द्रका अध्यक्ष एवं कार्यक्रमका विशिष्ट अतिथि कमरूदिन मियाले केन्द्रले गरिरहेको विभिन्न गतिविधिका बारेमा जानकारी गराउँदै सामुदायिक सेवा केन्द्र मकवानपुरलाई काठमाडौ भ्रमणको निम्ता दिएका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारी, ईलाका प्रहरी कार्यालय पशुपतिनगरका निमित्त प्रमुख सुन्दर कार्की दुबै केन्द्रका पदाधिकारी, कार्यसमिति सदस्य, पुर्व अध्यक्ष, स्वयसेविका, जेष्ठ नागरिक लगाएतको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार