१६ मंसिर, हेटौडा । हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले २७ औं वािर्षक साधाणसभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हिमाल पौडेलको समाध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा संस्थाले २७ औं वािर्षक साधारणसभा सम्पन्न गरेको हो ।
साधारणसभामा संस्थाका अध्यक्ष हिमाल पौडेलले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष चेतनाथ खतिवडाले आर्थिक प्रतिवेदन, लेखा संयोजक दिपनराज आचार्यले लेखा समितिको प्रतिवेदन र महिला उपसमितिकी संयोजक रेखा मैनालीले महिला उपसमितिको प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा सहकारीले संस्थापक शेयर सदस्य खिल प्रसाद गौतम, रघुप्रसाद आचार्य, रमेश प्रसाद लामिछाने, प्रल्हाद शर्मा आचार्य, ज्येष्ठ शेयर सदस्य ईन्द्र सिह थिङ, राममाया डिमडुङ, मासिक बचतकर्ता सानोकान्छा थिङ, बबिता थापा,त्यसैगरी उद्यम ब्यवसायी तर्फ सुशिला श्रेष्ठ, मधुवन श्रेष्ठ, असली कारोवारीमा हेमाकुमारी तिमल्सिना, सोमप्रसाद रुपाखेती सञ्चारकर्मी तर्फ सिधाखवर डटकमका सम्पादक श्रीराम दाहाललाई सम्मान गरेको थियो । संस्थाले साधारणसभामा बाल बचतकर्ता, धेरै सदस्य बनाउने र एकैदिन सदस्यता लिने जोडीलाई समेत सम्मान गरेको थियो ।साधारणसभामा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, बागमती प्रदेश दुग्ध विकास बोर्डका सञ्चालक सदस्य एवम संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारी, जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक सदस्य शंकर कालाखेती, हेटौडा सहकारीका अध्यक्ष ईन्द्र बहादुर बस्नेत, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय बिडारी, सुनगाभा बहुउद्धेयीय सहकारीका अध्यक्ष रामहरि न्यौपाने, संस्थाका सल्लाहकार बद्री बहादुर पाठक, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल लगायतको उपस्थिति रहेको थियो । २ हजार ८ सय १३ जना शेयर सदस्य रहेको यस सहकारीको शेयर पूँजी २ करोड ५३ लाख निक्षेप २१ करोड १५ लाख र ऋण लगानी २० करोड ५ लाख रहेको छ ।
पौडेलद्वारा छात्रवृत्ति प्रदान
हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २७ औं वािर्षक साधाणसभामा संस्थाका अध्यक्ष हिमाल पौडेलद्वारा स्वर्गीय पिता जगनाथ पौडेलको स्मृतिमा स्थापित छात्रवृति बंशगोपाल मावि.चौघडामा कक्षा ११ मा अध्ययनरत शान्तिकुमारी शाह र पवित्रा अधिकारीलाई प्रदान गरिएको छ ।त्यसैगरी समाजसेवी तथा सञ्चारकर्मी भीमसेन पौडेलले आफनी स्व.धर्मपत्नी दुर्गादेवी पौडेलको स्मृतिमा स्थापित छात्रवृति मामाघर नेपालमा आश्रय लिई आनन्द भैरब आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत श्रवण पहाडी, बंशगोपाल मावि, चौघडामा कक्षा ९ मा अध्ययनरत आश्मा राजभण्डारी र भानु मावि, मक्रान्चुलीमा कक्षा १० मा अध्ययनरत पूजा दाहाललाई प्रदान गरिएको छ । छात्रवृति रकम जनही ५ हजार रहेको छ । उक्त रकम निजहरुका आमा कृष्णकुमारी पौडेलले प्रदान गरेकी थिइन् ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















