१७ मंसिर, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सार्वजनिक निकायका संरचना तथा अन्य हरेक कार्यस्थल अपाङ्गमैत्री बनाइनुपर्नेमा जोड दिएका छन् ।
अपाङ्गता दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले भनेका छन्, ‘हरेक स्थानमा निर्माण गरिने भौतिक संरचनाहरु, सार्वजनिक यातायातका साधन,सडक,सेवा प्रवाह गरिने सार्वजनिक निकाय एवम् विभिन्न कार्यस्थललाई अपाङ्गमैत्री बनाइनुपर्दछ । ’
‘दिगो विकास लक्ष्य प्राप्तिका लागि प्रतिबद्धता :अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्घता’ भन्ने नारासहित नेपालमा आइतबार ३२ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइँदैछ । प्रत्येक वर्ष डिसेम्बर ३ का दिन यो दिवस मनाउँदै आइएको सन्दर्भ उल्लेख गर्दै प्रमुख शर्माले फरक क्षमताका सम्पूर्ण देशबासीप्रति आफूले उठाउँदै आएका मुद्घाहरुमा सफलता प्राप्तिका लागि सफलता मिलोस् भन्ने शुभकामना दिएका छन् ।
नेपालमा अपाङ्गता भएका व्यक्तिहरुलाई कानूनी रुपमा अधिकारसम्पन्न बनाइएको उल्लेख गर्दै उनीहरुको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुका साथै समाजको हरेक क्षेत्रमा र विकासमा समावेशिताका लागि विभिन्न अभियानहरु सञ्चालन पनि भइरहेको उनको भनाई छ । समाजले अपाङ्गता भएकाहरुको अवस्थालाई हेर्ने दृष्टिकोणलाई रुपान्तरण गर्दै विकासको मूल प्रवाहमा सहभागिता गराउने कार्यमा कन्ज्युस्याँई हुुनु नहुने प्रमुख शर्माको भनाई छ । उनीहरुको पक्षमा प्रभावकारी ढङ्गमा क्रियाशील हुनुनुपर्ने शर्माको सन्देशमा उल्लेख छ ।
फरक क्षमता भएका व्यक्तिका लागि शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता पक्षमा प्रभावकारी ढङ्गबाट क्रियाशील रहनु सबैको दायित्व रहेको उनको भनाई छ ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







