१७ मङ्सिर, हेटौंडा । लामो सयमदेखि पूर्णता पाउँन नसकेको बागमती प्रदेशसभा अन्तर्गत विषयगत समितिहरुलाई पूर्णता दिने बिषयमा सहमती जुटाउँन आइतबार हेटौँडामा बसेको सर्वदलिय बैठक बिना निष्कर्ष टुंगिएको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको पहलमा बागमती प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले बोलाएको बैठक प्रदेशसभा सचिवालयमा बसेको थियो । बैठकमा सत्तापक्ष गैरजिम्मेवार रुपमा प्रस्तुत भएपछि सहमती हुन नसकेको प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल एमालले आरोप लगाएको छ ।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै बैठकमा सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत भएकाले कुनैपनि सहमती हुन नसकेको दावी गरे । उनले मुख्यमन्त्रीले एनजीओ शैलीमा सरकार चलाउन खोज्दा समस्या भएको आरोप लगाए ।
‘सरकारलाई विगतमा प्रतिपक्षी दलहरुसँग गरेको सहमतीको कुनै मतलब छैन । उहाँहरु एनजिओ शैलीमा सरकार चलाउँदै हुनुहुन्छ । सरकारले आफ्ना कार्यकर्तालाई पोस्ने भन्दा अरु काम नै गरेन । जनताको पिर मर्कामा उहाँहरुलाई कुनै मतलब नै छैन,’ नेता थपलियाले असन्तुष्टि व्यक्त गरे ।
यता मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भने आजै सहमतीमा पुग्न नसकिएको भएपनि अर्को बैठक बसेर सहमती मै विषयगत समितिहरुको सभापति चयन प्रकृया टुंगोमा पु¥याउँनेगरी कुरा भएको दावी गरे । उनले केहि दिनमा पुनः बैठक बसेर समितिको सभापति चयन प्रकृयाका बिषयमा सहमती खोज्ने दावी गरे । सहमती हुन नसकेको अवस्थामा भने प्रकृया अनुसार नै भएपनि सभापति चयन प्रकृया टुंग्याउँने मुख्यमन्त्री जम्कट्टेलले स्पष्ट पारे ।
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...






-1788745767.jpg)



-1788140988.jpg)






