२० मंसिर,हेटौंडा । बसामाडी जेसीजको नियमित कार्यक्रम अन्तरगत जेसीज सप्ताह सुरु भएको छ । बुधबार हेटौंडाको फुटसल मैदानमा मैत्रीपूर्ण फुटसल प्रतियोगितासंगै सप्ताहब्यापी कार्यक्रमको उद्घाटन गरिएको हो ।
बागमती प्रदेश सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा र नेपाल जेसीज बर्ष २०२३ का राष्ट्रिय उपाध्यक्ष सरोज अधिकारीको बिशेष आतिथ्यतामा भएको मैत्रीपूर्ण फुटसल प्रतियोगिता एवम् सप्ताहब्यापी कार्यक्रमको उद्घाटन गरिएको हो । त्यस्तै जेसीज सप्ताह कार्यक्रम अन्र्तगत बुधवार नै हेटौडा १६ मा रहेको जनप्रिय माबि हटियाका लागुपदार्थ दुव्र्यसनी बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । बिद्यालयका कक्षा ८, ९ र १० का बिद्यार्थीहरुको सहभागिता रहेको सचेतना कार्यक्रममा मकवानपुर रिकभरीका उद्वब केसीले विद्यार्थीहरुलाई लागुपदार्थ दुव्र्यसनी विरुद्ध प्रशिक्षण दिएका थिए । कार्यक्रम नेपाल जेसीज बर्ष २०२३ का राष्ट्रिय उपाध्यक्ष सरोज अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो । उक्त कार्यक्रममा जनप्रिय माबि हटियाका सहप्राध्यापक राम आशिष मण्डल, शिक्षक रबिन श्रेष्ठको आतिथ्यता रहेको थियो ।
बसामाडी जेसीज बर्ष २०२३ का अध्यक्ष जनक भण्डारीको अध्यक्षतामा भएको दुबै कार्यक्रमा कार्यक्रम संयोजकहरु मनिष खड्का, ध्रुव गौतम्, सह–मूल कार्यक्रम संयोजकहरु तथा उपाध्यक्ष परमेश्वर पौडेल, जे.पी. यादव, मूल कार्यक्रम संयोजक तथा कार्यकारिणी उपाध्यक्ष जेसी उद्धवराज कठायत लगायत जेसीजका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो । सप्ताह कार्यक्रम अन्तरगत मंसिर २१ गते बिहीबार परिवार नियोजन संघको कार्यालयमा प्रजनन तथा परिवार नियोजन सम्वन्धि अन्तरक्रिया कार्यक्रम र हाम्रो घर हेटौंडा ५ मा बालबालिकासंग जेसीजको सहयोगी हात कार्यक्रम सञ्चालन हुने बसामाडी जेसीज बर्ष २०२३ का तालिम संयोजक बुद्धराज अर्यालले बताएका छन् ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















