Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडाको ध्याङसिड्डटार हुँदै स्मारक जोडिने

385423334_694240092582136-1701876401.jpg

२० मंसिर,हेटौँडा । हेटौंडा– स्तरीय मोटरबाटो अभाबका कारण हेटौंडा बजार सम्म आउँनका लागि लामो यात्रा गर्नु पर्ने हेटौंडा–१ शिखरकोट (ध्याङसिड्डटार)का स्थानीयले अब त्यस समस्याबाट छुटकारा पाउने भएका छन् । हेटौंडा उपमहानगरपालिका र हेटौंडा १ नम्बर वडा कार्यालयको लगानीमा हेटौंडा–११ बनदेबी बाट सडक स्तरीकरणको काम निरन्तर चलेसँगै बिकट गाउँमा रहेका स्थानिय सडक सुबिधा लिदै हेटौंडा बजार सम्म आउँनका लागि लामो यात्रा गर्नु पर्ने  समस्याबाट छुटकारा पाउने भएका हुन् ।
उपमहानगर र वडा नम्बर १ बाट छुट्याइएको बजेट बाट गत आर्थिक बर्षमा ३० लाख बराबरको काम भएको थियो । बहुबर्षे योजनामा झै काम भैरहेको हेटौंडा–११ बनदेबी बाट उकालो लाग्दै जाने सडकमा गत आर्थिक बर्षमा उपमहानगरले २० र १ नम्बर वडा बाट १० लाख रुपियाँ गरी ३० लाख बराबरको काम भएको थियो ।
चालु आर्थिक बर्ष २०८०÷०८१ मा उपमहानगरपालिकाले बिनियोजन गरेको ५० लाख रुपियाँ बजेटले बुधबारबाट सडकको स्तरीकरण सुरु गरीएको छ । उपमहानगरले बिनियोजन गरेको बजेटबात थालिएको स्तरीकरणको कामलाई कार्यवाहक नगर प्रमुख राजेश बानियाँले शिलान्यास गरेका छन् । करीब ८७० मिटर लामो सडकको शिखरकोट पुगेर उनले शिलान्यास गरेका हुन् । सडक निर्माण सम्पन्न भएसँगै हेटौंडा ११ हुँदै बजार सम्म आउन करिब २० मिनेटको समय लाग्ने स्थानियको भनाई छ । अहिले भैरबडाँडा हुँदै बजार सम्म आउँने करिब २ घण्टा बन्दा बढि समय लाग्ने स्थानिय नामग्याल सिन्तानले बताए ।  
सडकको शिलान्यास गर्दै उपमहानगरका कार्यवाहक नगर प्रमुख बानियाँले पुर्वाधार निर्माणको कामलाई बिशेष प्राथमिकतामा राखेर अघि बढिरहेको बताए । उनले तत्कालिन नगरपालिकासँग जोडिएका गाउँपालिका लक्षित बिकासलाई उपमहानगरले अघि बढाएको भन्दै उनले जनताको भावनालाई समेट्दै अहिलेको नेर्तत्व अघि बढ्ने बताए । उनले उपमहानगर भित्र रहेर पनि धेरै वडाका ठाउँहरु बिकट रहेको भन्दै त्यस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्न तत्पर रहेको बताए । हेटौंडा–११ स्मारक सम्म जोडिनका लागि आगामि दिनमा पनि बजेट निर्माण प्रकृयामा ध्यान दिन प्रतिबद्धता जनाए ।
सडक स्तरीकरणको शिलान्यास कार्यक्रममा हेटौंडा १ का वडा अध्यक्ष सबिन न्यौपानेले शिखरकोट क्षेत्रमा रहेको स्वास्थ्य केन्द्र र खानेपानीको समस्या समाधानका लागि लागि पर्ने बताए । बजार क्षेत्र भन्दा पनि ग्रामिण भेगलाई ध्यान दिँदै वडा कार्यालयले काम गरीरहेको बताए । सडक स्तरीकरण समितिका अध्यक्ष लवाङ सिन्तानको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य इश्वरी रसाईली वडा सदस्यहरु सोनामसिंह व्लोन,मनु दाहाल, वडा सचिब गंगा राई, प्राबिधि छटुलाल शाह, नेपाली काग्रेस १ नम्ब इकाई सभापति हरीकृष्ण महर्जन, स्थानिय समाजसेवी नामग्याल सिन्तान लगाएको आतिथ्यता रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

थप समाचार