Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडाको ध्याङसिड्डटार हुँदै स्मारक जोडिने

385423334_694240092582136-1701876401.jpg

२० मंसिर,हेटौँडा । हेटौंडा– स्तरीय मोटरबाटो अभाबका कारण हेटौंडा बजार सम्म आउँनका लागि लामो यात्रा गर्नु पर्ने हेटौंडा–१ शिखरकोट (ध्याङसिड्डटार)का स्थानीयले अब त्यस समस्याबाट छुटकारा पाउने भएका छन् । हेटौंडा उपमहानगरपालिका र हेटौंडा १ नम्बर वडा कार्यालयको लगानीमा हेटौंडा–११ बनदेबी बाट सडक स्तरीकरणको काम निरन्तर चलेसँगै बिकट गाउँमा रहेका स्थानिय सडक सुबिधा लिदै हेटौंडा बजार सम्म आउँनका लागि लामो यात्रा गर्नु पर्ने  समस्याबाट छुटकारा पाउने भएका हुन् ।
उपमहानगर र वडा नम्बर १ बाट छुट्याइएको बजेट बाट गत आर्थिक बर्षमा ३० लाख बराबरको काम भएको थियो । बहुबर्षे योजनामा झै काम भैरहेको हेटौंडा–११ बनदेबी बाट उकालो लाग्दै जाने सडकमा गत आर्थिक बर्षमा उपमहानगरले २० र १ नम्बर वडा बाट १० लाख रुपियाँ गरी ३० लाख बराबरको काम भएको थियो ।
चालु आर्थिक बर्ष २०८०÷०८१ मा उपमहानगरपालिकाले बिनियोजन गरेको ५० लाख रुपियाँ बजेटले बुधबारबाट सडकको स्तरीकरण सुरु गरीएको छ । उपमहानगरले बिनियोजन गरेको बजेटबात थालिएको स्तरीकरणको कामलाई कार्यवाहक नगर प्रमुख राजेश बानियाँले शिलान्यास गरेका छन् । करीब ८७० मिटर लामो सडकको शिखरकोट पुगेर उनले शिलान्यास गरेका हुन् । सडक निर्माण सम्पन्न भएसँगै हेटौंडा ११ हुँदै बजार सम्म आउन करिब २० मिनेटको समय लाग्ने स्थानियको भनाई छ । अहिले भैरबडाँडा हुँदै बजार सम्म आउँने करिब २ घण्टा बन्दा बढि समय लाग्ने स्थानिय नामग्याल सिन्तानले बताए ।  
सडकको शिलान्यास गर्दै उपमहानगरका कार्यवाहक नगर प्रमुख बानियाँले पुर्वाधार निर्माणको कामलाई बिशेष प्राथमिकतामा राखेर अघि बढिरहेको बताए । उनले तत्कालिन नगरपालिकासँग जोडिएका गाउँपालिका लक्षित बिकासलाई उपमहानगरले अघि बढाएको भन्दै उनले जनताको भावनालाई समेट्दै अहिलेको नेर्तत्व अघि बढ्ने बताए । उनले उपमहानगर भित्र रहेर पनि धेरै वडाका ठाउँहरु बिकट रहेको भन्दै त्यस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्न तत्पर रहेको बताए । हेटौंडा–११ स्मारक सम्म जोडिनका लागि आगामि दिनमा पनि बजेट निर्माण प्रकृयामा ध्यान दिन प्रतिबद्धता जनाए ।
सडक स्तरीकरणको शिलान्यास कार्यक्रममा हेटौंडा १ का वडा अध्यक्ष सबिन न्यौपानेले शिखरकोट क्षेत्रमा रहेको स्वास्थ्य केन्द्र र खानेपानीको समस्या समाधानका लागि लागि पर्ने बताए । बजार क्षेत्र भन्दा पनि ग्रामिण भेगलाई ध्यान दिँदै वडा कार्यालयले काम गरीरहेको बताए । सडक स्तरीकरण समितिका अध्यक्ष लवाङ सिन्तानको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य इश्वरी रसाईली वडा सदस्यहरु सोनामसिंह व्लोन,मनु दाहाल, वडा सचिब गंगा राई, प्राबिधि छटुलाल शाह, नेपाली काग्रेस १ नम्ब इकाई सभापति हरीकृष्ण महर्जन, स्थानिय समाजसेवी नामग्याल सिन्तान लगाएको आतिथ्यता रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार