२० मङ्सिर, हेटौंडा । प्रदेश निजामती ऐन २०७९ अनुसार बागमती प्रदेश सरकारले बुधबार ५ जना कर्मचारीलाई ११ औं तहमा बढुवासहित नियुक्त गरेको छ ।
प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश मातहतका ५ जना कर्मचारीलाई ११ औं तहमा बढुवा गरी नियुक्त गरेको हो ।
बैठकले स्वास्थ्य तर्फको ४ र शिक्षा सेवातर्फको एक गरी ५ जनालाई ११ औं तहमा बढुवा गरी नियुक्त गरेको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी डिए ।
संघीय निजामती ऐन जारी नभएको अवस्थामा प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले जेष्ठता र कार्य सम्पादन मुल्याङ्कनका आधारमा ११ औं तहमा कर्मचारी बढुवा तथा नियुक्ति गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकले स्वास्थ्य तर्फ दीपक तिवारी, बसन्त अधिकारी, डा. अर्जुन प्रसाद सापकोटा र डा. नरेन्द्र कुमार झालाई ११ औं तहमा बढुवा गरी नियुक्त गरेको बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायले जानकारी दिए ।
उनका अनुसार यस अघि नै प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले निर्णय गरी उनीहरुलाई ११ औं तहमा बढुवा गर्ने निर्णय गरेको थियो । तर, अदालतमा मुद्धा परेपछि बढुवा प्रक्रिया रोकीएको थियो ।
अदालतले उक्त मुद्दाका सम्बन्धी रिट खारेज गर्ने निर्णयसंगै प्रक्रिया अघि बढाइएको हो । मन्त्रिपरिषद बैठकले शिक्षा सेवा तर्फका दिपेन्द्र सुवेदीलाई ११ औं तहमा बढुवा गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारले यसअघि विभिन्न समयमा बसेको बैठकको निर्णय अनुसार १२ जना कर्मचरीलाई ११ औं तहमा बढुवा गरिसकेको छ ।
त्यस्तै बैठकले बहुवर्षिय योजना र ठेक्कालाई व्यवस्थापन गर्न बागमती प्रदेश आयोजनाको बहुवर्षे ठेक्का मापदण्ड २०८० कार्यविधी स्वीकृत गरेको छ ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







