फाइल तस्बिर
२३ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद आज कतारको दोहा जाँदैछन् । डिसेम्बर १० र ११ मा हुने दोहा फोरम २०२३ मा सहभागी हुन मन्त्री साउद नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
भ्रमणका क्रममा उनले कतारका मन्त्रीहरुसँग ‘साइडलाइन’ वार्ता गर्नेछन् भने हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइको लागि पहल गर्ने बताइएको छ ।
दोहा फोरम विश्व नेताहरू, सरकारी अधिकारीहरू, बहुपक्षीय संस्थाका प्रमुखहरू, निजी क्षेत्रका कार्यकारीहरू, थिंक ट्याङ्कहरू र विचार निर्माताहरू बीचको संवादको मञ्च हो । फोरममा समसामयिक विश्व र क्षेत्रीय विषयमा छलफल हुने बताइएको छ
फोरममा सहभागी भइसकेपछि मन्त्री साउद मानवअधिकारको विश्वव्यापी घोषणाको ७५औँ वार्षिकोत्सवको स्मरणमा आयोजना हुने ‘ह्युमन राइट्स ७५’ उच्चस्तरीय कार्यक्रममा भाग लिन डिसेम्बर १२ मा जेनेभा प्रस्थान गर्नेछन् ।
त्यसैगरी, मन्त्री साउद जेनेभाबाट यही डिसेम्बर १४ देखि १५ सम्म आयोजना हुने भूपरिवेष्ठित विकासोन्मुख देशहरूको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन यही डिसेम्बर १३ मा आर्मेनियाको येरेभान प्रस्थान गर्नेछन् ।
त्यहाँ रहँदा मन्त्री साउदले मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्ने र साइडलाइन वार्ताका क्रममा उच्च तहका विशिष्ट व्यक्तिहरूसँग द्विपक्षीय भेटघाट गर्ने मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री साउद दोहा, जेनेभा र येरेभानमा उच्चस्तरीय भेटवार्ता सम्पन्न गरी मंसिर १६ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







