२३ मङ्सिर, हेटौँडा । मकवानपुर प्रहरीले शनिवार हेटौँडामा १ थान सेमि–अटोमेटिक पेस्तोल र २० थान गोलीसहित ३ जना व्यक्तिलाई सार्वजनिक गरेको छ । प्रहरीले उनीहरुलाई शुक्रबार प्रक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने ३३ बर्षको निश्चल पौडेल, सोही स्थानका ३५ बर्षका गणेश घले र ३० बर्षको प्रितम क्षेत्री रहेका छन् । उनीहरुलाई प्रहरीेले २२ गते हेटौँडा ४ मा रहेको उनीहरुको डेराबाट पक्राउ गरेको थियो ।
प्रहरीले उनीहरुको साथबाट सेमि–अटोमेटिक पेस्तोल एक थान, २० राउण्ड गोली, हतियार सफा गर्ने रड एक थान, लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ४०० मिलिग्राम, लागु औषध तौल गर्ने डिजिटल तराजु दुई थान, पाँच थान मोबाईल, ५० हजार नगद र दुई थान मोटरसाइकल बरामद गरेको छ ।
मकवानपुर प्रहरी प्रुमख प्रहरी उपरीक्षक सीतारम रिजालका अनुसार उनीहरुले मङ्सिर १९ गते हेटौँडा ९ स्थित सूर्य प्रसाद पौडेल(सुरेश)को घरमा गोली प्रहार गरेका थिए । उनीहरुले पौडेलसँग पैशा असुल्ने उद्देश्यले डर देखाउँन गोली प्रहर गरेको अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख रिजालले बताए ।
पक्राउ परेका तिनै जनालाई नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योग, लागुऔषधको कारोबार र हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

















