Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा पेस्तोल र २० थान गोलीसहित पक्राउ परेका सार्वजनिक

Capture-1702125998.JPG

२३ मङ्सिर, हेटौँडा । मकवानपुर प्रहरीले शनिवार हेटौँडामा १ थान सेमि–अटोमेटिक पेस्तोल र २० थान गोलीसहित ३ जना व्यक्तिलाई सार्वजनिक गरेको छ । प्रहरीले उनीहरुलाई शुक्रबार प्रक्राउ गरेको जनाएको छ । 
पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने ३३ बर्षको निश्चल पौडेल, सोही स्थानका ३५ बर्षका गणेश घले र ३० बर्षको प्रितम क्षेत्री रहेका छन् । उनीहरुलाई प्रहरीेले २२ गते हेटौँडा ४ मा रहेको उनीहरुको डेराबाट पक्राउ गरेको थियो ।
प्रहरीले उनीहरुको साथबाट सेमि–अटोमेटिक पेस्तोल एक थान, २० राउण्ड गोली, हतियार सफा गर्ने रड एक थान, लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ४०० मिलिग्राम, लागु औषध तौल गर्ने डिजिटल तराजु दुई थान, पाँच थान मोबाईल, ५० हजार नगद र दुई थान मोटरसाइकल बरामद गरेको छ ।
मकवानपुर प्रहरी प्रुमख प्रहरी उपरीक्षक सीतारम रिजालका अनुसार उनीहरुले मङ्सिर १९ गते हेटौँडा ९ स्थित सूर्य प्रसाद पौडेल(सुरेश)को घरमा गोली प्रहार गरेका थिए । उनीहरुले पौडेलसँग पैशा असुल्ने उद्देश्यले डर देखाउँन गोली प्रहर गरेको अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख रिजालले बताए ।
पक्राउ परेका तिनै जनालाई नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योग, लागुऔषधको कारोबार र हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार