सन् २०१७ मा विश्वभर निर्माण भएका सिनेमामध्ये सबैभन्दा धेरै व्यापार गर्ने दस सिनेमाहरू यस प्रकार रहेका छन् । यी चलचित्रले पैसा मात्रै धेरै कमाएनन् चर्चा पनि उत्तिकै पाए ।
ब्युटी एन्ड द बिस्ट
यो वर्षको सबैभन्दा धेरै कमाइ गर्ने सिनेमा बन्यो ‘ब्युटी एन्ड दी बिस्ट’ । विश्वभर चार हजार दुई सय १० पर्दामा रिलिज भएको यो सिनेमाले एक बिलियन दुई सय ६३ मिलियन डलर ग्रस कलेक्सन गर्यो । बिल कन्डनले निर्देशन गरेको सिनेमा एक सय ६० मिलियन डलरको लागतमा बनेको थियो ।
दी फेट अफ दी फ्युरिएस
सर्वाधिक कलेक्सन गर्ने दोस्रो सिनेमा बन्यो ‘दी फेट अफ दी फ्युरिएस’ । यो सिनेमाले एक बिलियन दुई सय ३५ मिलियन डलर कमाइ गर्यो । एफ, ग्यारी ग्रेको निर्देशनमा बनेको सिनेमा दुई सय ५० मिलियन डलरमा निर्माण भएको हो ।
स्टार वार्स : दी लास्ट जेडी
वर्षको अन्त्यमा रिलिज भएको ‘स्टार वार्स : दी लास्ट जेडी’ ले अहिले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । सिनेमाले तेस्रो सातासम्म एक बिलियन ५६ मिलियन डलर कलेक्सन गरेको छ । रियन जोनसनले निर्देशन गरेको सिनेमाले नयाँ वर्षमा पनि कमाइ जारी राखेको छ । अहिलेसम्म यो पहिलो नम्बरको ‘ब्युटी एन्ड दी बिस्ट’ भन्दा दुई सय सात मिलियनपछि छ । दुई सय मिलियन डलरमा यो चलचित्र निर्माण भएको हो ।
डिस्पेकेबल मी ३
चौथो नम्बरमा रहेको ‘डिस्पेकेबल मी ३’ ले एक बिलियन ३१ मिलियन डलर कलेक्सन गरेको छ । क्येल बाल्डा, पियर कफिन र एरिक गिलेन संयुक्त रूपमा निर्देशन गरेको सिनेमा ८० मिलियन डलरमा निर्माण भएको हो ।
स्पाइडर म्यान : होमकमिङ
सन् २०१७ मा रिलिज भएका सिनेमामध्ये आठ सय ८० मिलियन डलर कलेक्सन गर्दै ‘स्पाइडर म्यान : होमकमिङ’ पाँचौं नम्बरमा परेको छ । जोन वाट्सले निर्देशन गरेको यो सिनेमा एक सय ७५ मिलियन डलरको लागतमा निर्माण भएको हो ।
उल्फ वारियर–२
सन् २०१७ को जुलाई अन्तिममा रिलिज भएको चाइनिज सिनेमा ‘उल्फ वारियर २’ आठ सय ७० मिलियन डलर कमाउँदै छैटौं नम्बरमा परेको छ । यो सिनेमा बजेट ३० दशमलव एक मिलियन डलरको लागतमा निर्माण भएको हो ।
गार्डिइन्स अफ दी ग्यालेक्सी भोल्युम–२
मे ५ मा रिलिज भएको ‘गार्डिइन्स अफ दी ग्यालेक्सी भोल्युम–२’ ले आठ सय ३० मिलियन डलर कमायो । दुई सय मिलियन डलरमा निर्माण भएको यो सिनेमाका निर्देशक जेम्स गन हुन् ।
थोर : रग्नारक
सर्वाधिक कमाइको आठौं नम्बरमा ‘थोर : रग्नारक’ परेको छ । यो सिनेमाले आठ सय ४८ मिलियन डलर कलेक्सन गरेको छ । एक सय ८० मिलियन डलरमा निर्माण भएको सिनेमालाई तैका वाइटिटीले निर्देशन गरेका हुन् । यो चलचित्र अहिले पनि चलिरहेको छ ।
वन्डर उमन
कमाइको नवौं नम्बरमा एक सय ४९ मिलियन डलरको लागतमा बनेको ‘वन्डर उमन’ छ । प्याटी ज्यान्किसले निर्देशन गरेको सिनेमाले विश्वभरबाट ८ सय २१ मिलियन डलर कमाएको छ ।
‘पाइराइट्स अफ दी क्यारेबियन : डेड मेन टेल नो टेल्स
सर्वाधिक कमाइको दसौं नम्बरमा सात सय ९४ मिलियन डलर कमाउँदै ‘पाइराइट्स अफ दी क्यारेबियन : डेड मेन टेल नो टेल्स’ परेको छ । दुई सय ३० मिलियन डलरमा निर्माण भएको यो सिनेमा जोकिम रोनिङ र एसपेन स्यानबर्गले संयुक्त रूपमा निर्देशन गरेका हुन् ।
साभार : अन्नपूर्ण पोष्ट
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















