Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

२०१७ मा सर्वाधिक कमाउने विश्वका दस सिनेमा

Wonder-Woman-1514979106.jpg

सन् २०१७ मा विश्वभर निर्माण भएका सिनेमामध्ये सबैभन्दा धेरै व्यापार गर्ने दस सिनेमाहरू यस प्रकार रहेका छन् । यी चलचित्रले पैसा मात्रै धेरै कमाएनन् चर्चा पनि उत्तिकै पाए ।

ब्युटी एन्ड द बिस्ट

यो वर्षको सबैभन्दा धेरै कमाइ गर्ने सिनेमा बन्यो ‘ब्युटी एन्ड दी बिस्ट’ । विश्वभर चार हजार दुई सय १० पर्दामा रिलिज भएको यो सिनेमाले एक बिलियन दुई सय ६३ मिलियन डलर ग्रस कलेक्सन गर्‍यो । बिल कन्डनले निर्देशन गरेको सिनेमा एक सय ६० मिलियन डलरको लागतमा बनेको थियो ।

दी फेट अफ दी फ्युरिएस

सर्वाधिक कलेक्सन गर्ने दोस्रो सिनेमा बन्यो ‘दी फेट अफ दी फ्युरिएस’ । यो सिनेमाले एक बिलियन दुई सय ३५ मिलियन डलर कमाइ गर्‍यो । एफ, ग्यारी ग्रेको निर्देशनमा बनेको सिनेमा दुई सय ५० मिलियन डलरमा निर्माण भएको हो ।

स्टार वार्स : दी लास्ट जेडी

वर्षको अन्त्यमा रिलिज भएको ‘स्टार वार्स : दी लास्ट जेडी’ ले अहिले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । सिनेमाले तेस्रो सातासम्म एक बिलियन ५६ मिलियन डलर कलेक्सन गरेको छ । रियन जोनसनले निर्देशन गरेको सिनेमाले नयाँ वर्षमा पनि कमाइ जारी राखेको छ । अहिलेसम्म यो पहिलो नम्बरको ‘ब्युटी एन्ड दी बिस्ट’ भन्दा दुई सय सात मिलियनपछि छ । दुई सय मिलियन डलरमा यो चलचित्र निर्माण भएको हो ।

डिस्पेकेबल मी ३

चौथो नम्बरमा रहेको ‘डिस्पेकेबल मी ३’ ले एक बिलियन ३१ मिलियन डलर कलेक्सन गरेको छ । क्येल बाल्डा, पियर कफिन र एरिक गिलेन संयुक्त रूपमा निर्देशन गरेको सिनेमा ८० मिलियन डलरमा निर्माण भएको हो ।

स्पाइडर म्यान : होमकमिङ

सन् २०१७ मा रिलिज भएका सिनेमामध्ये आठ सय ८० मिलियन डलर कलेक्सन गर्दै ‘स्पाइडर म्यान : होमकमिङ’ पाँचौं नम्बरमा परेको छ । जोन वाट्सले निर्देशन गरेको यो सिनेमा एक सय ७५ मिलियन डलरको लागतमा निर्माण भएको हो ।

उल्फ वारियर–२

सन् २०१७ को जुलाई अन्तिममा रिलिज भएको चाइनिज सिनेमा ‘उल्फ वारियर २’ आठ सय ७० मिलियन डलर कमाउँदै छैटौं नम्बरमा परेको छ । यो सिनेमा बजेट ३० दशमलव एक मिलियन डलरको लागतमा निर्माण भएको हो ।

गार्डिइन्स अफ दी ग्यालेक्सी भोल्युम–२

मे ५ मा रिलिज भएको ‘गार्डिइन्स अफ दी ग्यालेक्सी भोल्युम–२’ ले आठ सय ३० मिलियन डलर कमायो । दुई सय मिलियन डलरमा निर्माण भएको यो सिनेमाका निर्देशक जेम्स गन हुन् ।

थोर : रग्नारक

सर्वाधिक कमाइको आठौं नम्बरमा ‘थोर : रग्नारक’ परेको छ । यो सिनेमाले आठ सय ४८ मिलियन डलर कलेक्सन गरेको छ । एक सय ८० मिलियन डलरमा निर्माण भएको सिनेमालाई तैका वाइटिटीले निर्देशन गरेका हुन् । यो चलचित्र अहिले पनि चलिरहेको छ ।

वन्डर उमन

कमाइको नवौं नम्बरमा एक सय ४९ मिलियन डलरको लागतमा बनेको ‘वन्डर उमन’ छ । प्याटी ज्यान्किसले निर्देशन गरेको सिनेमाले विश्वभरबाट ८ सय २१ मिलियन डलर कमाएको छ ।

‘पाइराइट्स अफ दी क्यारेबियन : डेड मेन टेल नो टेल्स

सर्वाधिक कमाइको दसौं नम्बरमा सात सय ९४ मिलियन डलर कमाउँदै ‘पाइराइट्स अफ दी क्यारेबियन : डेड मेन टेल नो टेल्स’ परेको छ । दुई सय ३० मिलियन डलरमा निर्माण भएको यो सिनेमा जोकिम रोनिङ र एसपेन स्यानबर्गले संयुक्त रूपमा निर्देशन गरेका हुन् ।

साभार : अन्नपूर्ण पोष्ट


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार