Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमतीमा ट्राफिक व्यवस्थापनमा डिआईजी राणाको चासो, व्यवस्थापनका लागि निर्देशन

410078540_317156174568454-1702306347.jpg

२५ मंसिर,हेटौँडा । बागमती प्रदेशका १० जिल्लामा ट्राफिक व्यवस्थापनमा देखिएका समस्या र चुनौती सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।  बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाको  आयोजनामा प्रदेशका १० जिल्लामा ट्राफिक व्यवस्थापनमा देखिएका समस्या र चुनौती सम्बन्धी छलफल तथा अन्तरक्रिया एंव एक दिने कार्यशाला गोष्ठिको आयोजना गरिएको हो ।

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ( डिआईजी ) किरण राणाको प्रमुख आतिथ्यातामा सम्पन्न छलफल तथा अन्तरक्रिया एंव गोष्ठीको आयोजना गरिएको हो । एक दिने गोष्ठीमा  बागमती प्रदेश प्रहरी कार्याल मातहतका १० जिल्लाका ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूले जिल्लागत समग्र ट्राफिक व्यवस्थापन, सवारी दुर्घटना, ट्राफिक कारवाही राजश्व र ट्राफिक सम्बन्धी सचेतना कार्यक्रम लगायतका विषयवस्तु सहितको प्रस्तुतिकरण गरेका थिए । 
प्रस्तुतिकरण पछि डिआईजी राणाले १० जिल्लाका ट्राफिक प्रहरी  प्रमुखहरूलाई जिल्लागत समग्र ट्राफिक व्यवस्थापन, सवारी दुर्घटना, ट्राफिक कारवाही राजश्व र ट्राफिक सम्बन्धी सचेतना कार्यक्रमलाई कार्यक्रममा चासो दिदैं प्रभावकारी तरिकाले कार्यन्व्यन गर्न निर्देशन दिएकी थिइन् । उनले मातहतका दश जिल्लाका ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूबिच ट्राफिक प्रहरीको काम–कारबाहीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिने बताईन् ।

सात वटा प्रदेश प्रहरी कार्यालय मध्ये बागमती प्रदेश प्रहरीले पहिलो पटक जिल्लामा ट्राफिक प्रहरी प्रमुखलाई कार्यालयमै उपस्थित गराएर जिल्लागत रुपमा ट्राफिक व्यवस्थापनमा देखिएका समस्या र चुनौती सम्बन्धी छलफल तथा अन्तरक्रिया र एक दिने कार्यशाला गोष्ठि आयोजना गरेको हो । 
उक्त कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनकाले समग्र बागमती प्रदेशको ट्राफिक व्यवस्थापन र राजमार्गको सुरक्षा अवस्था र सवारी दुर्घटना लगायत विषयवस्तुको प्रस्तुतिकरण गरेको थियो ।
त्यसैगरी नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका प्रहरी नायव उपरीक्षक सुजित कुमार ओझाले ट्राफिक व्यवस्थापनलाई प्रविधि युक्त बनाई प्रणालीगत सुधार र देखिएका समस्या तथा समाधानका उपायहरुको विषयमा प्रस्तुतीकरण प्रस्तुत गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल प्रहरी बरिष्ठ उपरीक्षक रवि कुमार पौडेल, प्रहरी उपरीक्षक भिम किरण बोगटी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्क बहादुर खत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए ।  कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजाल, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधु कुमार थापा,नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग तथा बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लगायत संचारकर्मीज्यूहरुको उपस्थिति रहेको थियो ।

408159337_805900111575664-1702306347.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार