Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमतीमा ट्राफिक व्यवस्थापनमा डिआईजी राणाको चासो, व्यवस्थापनका लागि निर्देशन

410078540_317156174568454-1702306347.jpg

२५ मंसिर,हेटौँडा । बागमती प्रदेशका १० जिल्लामा ट्राफिक व्यवस्थापनमा देखिएका समस्या र चुनौती सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।  बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाको  आयोजनामा प्रदेशका १० जिल्लामा ट्राफिक व्यवस्थापनमा देखिएका समस्या र चुनौती सम्बन्धी छलफल तथा अन्तरक्रिया एंव एक दिने कार्यशाला गोष्ठिको आयोजना गरिएको हो ।

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ( डिआईजी ) किरण राणाको प्रमुख आतिथ्यातामा सम्पन्न छलफल तथा अन्तरक्रिया एंव गोष्ठीको आयोजना गरिएको हो । एक दिने गोष्ठीमा  बागमती प्रदेश प्रहरी कार्याल मातहतका १० जिल्लाका ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूले जिल्लागत समग्र ट्राफिक व्यवस्थापन, सवारी दुर्घटना, ट्राफिक कारवाही राजश्व र ट्राफिक सम्बन्धी सचेतना कार्यक्रम लगायतका विषयवस्तु सहितको प्रस्तुतिकरण गरेका थिए । 
प्रस्तुतिकरण पछि डिआईजी राणाले १० जिल्लाका ट्राफिक प्रहरी  प्रमुखहरूलाई जिल्लागत समग्र ट्राफिक व्यवस्थापन, सवारी दुर्घटना, ट्राफिक कारवाही राजश्व र ट्राफिक सम्बन्धी सचेतना कार्यक्रमलाई कार्यक्रममा चासो दिदैं प्रभावकारी तरिकाले कार्यन्व्यन गर्न निर्देशन दिएकी थिइन् । उनले मातहतका दश जिल्लाका ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूबिच ट्राफिक प्रहरीको काम–कारबाहीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिने बताईन् ।

सात वटा प्रदेश प्रहरी कार्यालय मध्ये बागमती प्रदेश प्रहरीले पहिलो पटक जिल्लामा ट्राफिक प्रहरी प्रमुखलाई कार्यालयमै उपस्थित गराएर जिल्लागत रुपमा ट्राफिक व्यवस्थापनमा देखिएका समस्या र चुनौती सम्बन्धी छलफल तथा अन्तरक्रिया र एक दिने कार्यशाला गोष्ठि आयोजना गरेको हो । 
उक्त कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनकाले समग्र बागमती प्रदेशको ट्राफिक व्यवस्थापन र राजमार्गको सुरक्षा अवस्था र सवारी दुर्घटना लगायत विषयवस्तुको प्रस्तुतिकरण गरेको थियो ।
त्यसैगरी नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका प्रहरी नायव उपरीक्षक सुजित कुमार ओझाले ट्राफिक व्यवस्थापनलाई प्रविधि युक्त बनाई प्रणालीगत सुधार र देखिएका समस्या तथा समाधानका उपायहरुको विषयमा प्रस्तुतीकरण प्रस्तुत गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल प्रहरी बरिष्ठ उपरीक्षक रवि कुमार पौडेल, प्रहरी उपरीक्षक भिम किरण बोगटी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्क बहादुर खत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए ।  कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजाल, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधु कुमार थापा,नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग तथा बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लगायत संचारकर्मीज्यूहरुको उपस्थिति रहेको थियो ।

408159337_805900111575664-1702306347.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

थप समाचार