Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पुस २ र ३ गते हेटौंडा १० बसपार्कमा घरेलु मेला

Capture-1702427171.JPG

२७ मङ्सिर, हेटौंडा । स्थानीय तथा घरेलु उत्पादनको प्रचारप्रसार एवम् प्रवद्र्धन गर्ने उद्देश्यले हेटौंडाको १० बसपार्कमा घरेलु मेला हुने भएको छ । 
हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालयको आयोजनामा आगामी पुस २ र ३ गते मेला हुन लागेको हो । मेलामा घरेलु उत्पादन तथा नृत्य प्रतियोगिता सञ्चालन हुने जानकारी दिइएको छ । 
मंगलबार वडा कार्यालयले पत्रकार सम्मेलनमार्फत मेलाको विषयमा जानकारी दिएको हो । वडा अध्यक्ष फुर्वा दोर्जे लामाले उपमहानगर क्षेत्रका १९ वटै वडामा भएको उत्पादनलाई नगरबासीमा जानकारी गराउँदै प्रवद्र्धन गर्ने उद्देश्यले मेला सञ्चालन गर्न लागेको बताए । 
स्थानीय उत्पादनको प्रवद्र्धन, उत्पादित वस्तुको बजारीकरण र स्वरोजगार सिर्जनामा सहयोग पु¥याउने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको उनले जानकारी दिए ।
प्रदर्शनीमा स्थानीय जातजातीका भेषभुषा झल्कने नृत्य प्रस्तुत गर्दै संस्कृति संरक्षणमा सहयोग पु¥याउने लक्ष्य समेत वडा कार्यालयले लिएको छ । 
प्रदर्शनीमा उपमहानगरका १९ वटा वडाको उत्पादन प्रदर्शनीको लागि ३० वटा स्टलसहित यस क्षेत्रका कलाकारहरुको नृत्य प्रस्तुत हुनेछ । पहिलो दिन उद्घाटन सहित स्थानीय उत्पादनको बजारीकरण र दोस्रो दिन साँस्कृतिक कला सहितको नृत्य प्रतियोगिता गर्ने तयारी रहेको छ । 
प्रदर्शनीमा निःशुल्क स्टल र नृत्य प्रतियोगितामा सहभागिता खुला गरिएको छ । नृत्य प्रतियोगिता सहभागी हुनेलाई वडा कार्यालयले पुरस्कारको व्यवस्था गरेको छ । प्रतियोगिताको पहिलो हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३५ हजार, तृतीय हुनेलाई ३० हजार र सान्त्वना पुरस्कार स्वरुप ४ जनालाई ५÷५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । 
प्रदर्शनी मेला तथा साँस्कृतिक कार्यक्रमलाई सफल बनाउन वडा कार्यालयले ६ वटा उपसमिति बनाएर काम सुरु गरेको छ । वडा कार्यालयले चालु आर्थिक बर्ष २०८०÷०८१ मा छुट्याएको ५ लाख रुपैयाँ बजेटबाट कार्यक्रम गर्न लागिएको जानकारी दिइएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार