२७ मङ्सिर, हेटौंडा । स्थानीय तथा घरेलु उत्पादनको प्रचारप्रसार एवम् प्रवद्र्धन गर्ने उद्देश्यले हेटौंडाको १० बसपार्कमा घरेलु मेला हुने भएको छ ।
हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालयको आयोजनामा आगामी पुस २ र ३ गते मेला हुन लागेको हो । मेलामा घरेलु उत्पादन तथा नृत्य प्रतियोगिता सञ्चालन हुने जानकारी दिइएको छ ।
मंगलबार वडा कार्यालयले पत्रकार सम्मेलनमार्फत मेलाको विषयमा जानकारी दिएको हो । वडा अध्यक्ष फुर्वा दोर्जे लामाले उपमहानगर क्षेत्रका १९ वटै वडामा भएको उत्पादनलाई नगरबासीमा जानकारी गराउँदै प्रवद्र्धन गर्ने उद्देश्यले मेला सञ्चालन गर्न लागेको बताए ।
स्थानीय उत्पादनको प्रवद्र्धन, उत्पादित वस्तुको बजारीकरण र स्वरोजगार सिर्जनामा सहयोग पु¥याउने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको उनले जानकारी दिए ।
प्रदर्शनीमा स्थानीय जातजातीका भेषभुषा झल्कने नृत्य प्रस्तुत गर्दै संस्कृति संरक्षणमा सहयोग पु¥याउने लक्ष्य समेत वडा कार्यालयले लिएको छ ।
प्रदर्शनीमा उपमहानगरका १९ वटा वडाको उत्पादन प्रदर्शनीको लागि ३० वटा स्टलसहित यस क्षेत्रका कलाकारहरुको नृत्य प्रस्तुत हुनेछ । पहिलो दिन उद्घाटन सहित स्थानीय उत्पादनको बजारीकरण र दोस्रो दिन साँस्कृतिक कला सहितको नृत्य प्रतियोगिता गर्ने तयारी रहेको छ ।
प्रदर्शनीमा निःशुल्क स्टल र नृत्य प्रतियोगितामा सहभागिता खुला गरिएको छ । नृत्य प्रतियोगिता सहभागी हुनेलाई वडा कार्यालयले पुरस्कारको व्यवस्था गरेको छ । प्रतियोगिताको पहिलो हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३५ हजार, तृतीय हुनेलाई ३० हजार र सान्त्वना पुरस्कार स्वरुप ४ जनालाई ५÷५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रदर्शनी मेला तथा साँस्कृतिक कार्यक्रमलाई सफल बनाउन वडा कार्यालयले ६ वटा उपसमिति बनाएर काम सुरु गरेको छ । वडा कार्यालयले चालु आर्थिक बर्ष २०८०÷०८१ मा छुट्याएको ५ लाख रुपैयाँ बजेटबाट कार्यक्रम गर्न लागिएको जानकारी दिइएको छ ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

















