Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

राधिका सिलवालको संयोजकत्वमा फेडोको जिल्ला स्तरीय संजाल गठन

Capture-1702601946.JPG

२९ मङ्सिर, हेटौंडा । दलित अगुवा एवं अभियन्ता राधिका सिलवालको संयोजकत्वमा बिहीबार हेटौँडामा मकवानपुर जिल्ला स्तरीय संजाल गठन गरिएको छ । दलित महिला संघ मकवानपुरको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रमका क्रममा सिलवालको संयोजकत्वमा २५ सदस्यीय जिल्ला स्तरीय संजाल गठन भएको हो । 
दलित महिला तथा किशोरिको मानव अधिकार प्रबद्र्धन परियोजना अन्तर्गत अगुवा दलित महिला अभियन्ताहरूको जिल्ला स्तरीय संजाल गठन गरिएको दलित महिला संघ मकवानपुर (फेडो)का अध्यक्ष पवित्रा विश्वकर्माले जानकारी दिइन् । अध्यक्ष विश्वकर्माको सभाध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा फेडोकी संथापक अध्यक्ष दुर्गा सोवको प्रमुख आतिथ्यतामा रहेको थियो । 
कार्यक्रममा जिल्लाभरिका लगभग ५० जना दलित महिला भियन्ताहरूको उपस्थित रहेको थियो । उक्त अवसरमा दलित महिला अगुवा अभियन्ताहरूलाई विभिन्न जातजाति, लिङ्ग, धर्म, संस्कृति, र सिमान्तकृत समुदायहरुलाई सदियांै देखि नितिगत, संरचनागत, व्यवहारगत रूपमा पछाडी पारिदै आएको भन्दै यसलाई कसरी चिर्न सकिन्छ भन्ने विषयमा अभिमुखिकरण गरिएको थियो  । 
कार्यक्रमका प्रमुख अतिथि दुर्गा सोवले अगुवा अभियन्ता परिचालन निर्देशिका २०७८ का बारेमा जानकारी गराउँनुका साथै विशेष अतिथि फेडोका केन्द्रीय अध्यक्ष कला स्वर्णकारले फेडोको कार्यक्रम र उदेश्य माथि प्रकाश पारेकी दिइन् ।
फेडो मकवानपुरका सचिव मन्जु रोक्काले सहजिकरण गर्नुभएको कार्यक्रममा फेडो मकवानपुर उपाध्यक्ष सुनिता दर्नाल लगाएत दलित अगुवा महिलाहरुको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार