१ पुस, हेटौंडा । हेटौंडा ६ मा रहेको पन्ध्रविगाह टोल विकास संस्थाको अध्यक्षमा पुनः कृष्णप्रसाद पौडेल चयन भएका छन । शनिबार सम्पन्न संस्थाको ७ औँ वार्षिक साधारणसभा तथा अधिवेशनले पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा रामहरी सापकोटा, सचिवमा यमलाल अधिकारी, कोषाध्यक्षमा उर्मिला बानियाँ र सहसचिवमा बालकृष्ण पौडेल सर्वसम्मत चयन भएका हुन् । त्यसैगरी सदस्यहरुमा गीता भट्टराई, कल्याणी खड्का, सुनिता राई, दुर्गा धिताल, रञ्जिता सापकोटा, विशाल न्यौपाने रहेका छन् ।
हेटौंडा ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा वडा अध्यक्ष दाहालले टोल विकास संस्थालाई सदैव सहयोगको लागि वडा कार्यालय तत्पर रहेको बताए । समस्या लिएर वडा कार्यालय आउँदा समाधान गरेर मात्र फर्काउने उनले बताए । टोल विकास संस्थाको भवन, सार्वजनिक शौचालय निर्माणको लागि वडा कार्यालयबाट बजेट विनियोजन गर्ने उनले बताए ।
कार्यक्रममा हेटौंडा ६ का वडा सदस्य विजय पौडेल, हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष गंगाप्रसाद पौडेल, टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ६ का सचिव राजकुमार फुयाल लगायतकाको आतिथ्यता रहेको थियो ।
टोल विकास संस्थामा २६ घरधुरी रहेका छन् भने ६१ जनाले बचत तथा ऋणको कारोवार गरिरहेको संस्थाका सचिव यमलाल अधिकारीले जानकारी दिए ।
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...





-1788745767.jpg)









-1788140988.jpg)

