Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सृजना टोल विकास संस्थाको भेला सम्पन्न

gdf-1702773057.jpg

१ पुस, हेटौंडा । हेटौडा–६, मा रहेको सृजना टोल विकास संस्थाको २२ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाको बन्द सत्रले पुन ः जीव कुमारी पौडेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । 
समितिको उपाध्यक्षमा सुनिता पौडेल, सचिवमा टुक कुमारी चौलागाई, सहसचिवमा पवित्रा आचार्य र कोषाध्यक्षमा देवकी तिवारी चयन भएका छन । यसैगरि सदस्यहरुमा कविता उप्रेती, अप्सरा दुलाल, अनु पौडेल र सुमित्रा पौडेल चयन भएका छन । 
नयाँ कार्यसमिति चयनको लागि टोल विकास संस्था नगर समन्वय समितिकी सचिव चन्द्रावती पनेरु संयोजक, भूगोल सदस्य गोमा लामिछाने र टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–६ का सचिव राजकुमार फुयाँल सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । 
साधारणसभाको उदघाट्न कार्यक्रममा समूहकी अध्यक्ष पौडेलले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष पवित्रा आचार्यले आर्थिक प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा ज्येष्ठ सदस्य रेशम कुमारी तिवारी, हिम कुमारी थापा र सञ्चारकर्मी भीमसेन पौडेललाई पुरस्कृत गरिएको थियो ।
हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम संस्थाकी अध्यक्ष पौडेलको सभाध्यक्षतामा साधारणसभा भएको थियो । साधारणसभामा जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, श्रीनिवास टोल विकास संस्थाका अध्यक्ष जर्नादन पौडेल, न्यूरेनी चिसापानी सामुदायिक वनकी सचिव शान्ति तिमल्सिना, संस्थाका सल्लाहकार प्रल्हाद शर्मा आचार्य, संस्थाकी सचिव मीना अधिकारी लगायतको आतिथ्यता रहेको थियो । 
८५ घरधुरी रहेको यो संस्थामा १ सय ५५ जना बचत सदस्य रहेका छन । संस्थाले ३७ लाख ४ हजार बचत संकलन गरेको छ भने ३६ लाख ४९ हजार कर्जा प्रवाह गरेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

थप समाचार