१ पुस, हेटौंडा । हेटौडा–६, मा रहेको सृजना टोल विकास संस्थाको २२ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाको बन्द सत्रले पुन ः जीव कुमारी पौडेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा सुनिता पौडेल, सचिवमा टुक कुमारी चौलागाई, सहसचिवमा पवित्रा आचार्य र कोषाध्यक्षमा देवकी तिवारी चयन भएका छन । यसैगरि सदस्यहरुमा कविता उप्रेती, अप्सरा दुलाल, अनु पौडेल र सुमित्रा पौडेल चयन भएका छन ।
नयाँ कार्यसमिति चयनको लागि टोल विकास संस्था नगर समन्वय समितिकी सचिव चन्द्रावती पनेरु संयोजक, भूगोल सदस्य गोमा लामिछाने र टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–६ का सचिव राजकुमार फुयाँल सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
साधारणसभाको उदघाट्न कार्यक्रममा समूहकी अध्यक्ष पौडेलले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष पवित्रा आचार्यले आर्थिक प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा ज्येष्ठ सदस्य रेशम कुमारी तिवारी, हिम कुमारी थापा र सञ्चारकर्मी भीमसेन पौडेललाई पुरस्कृत गरिएको थियो ।
हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम संस्थाकी अध्यक्ष पौडेलको सभाध्यक्षतामा साधारणसभा भएको थियो । साधारणसभामा जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, श्रीनिवास टोल विकास संस्थाका अध्यक्ष जर्नादन पौडेल, न्यूरेनी चिसापानी सामुदायिक वनकी सचिव शान्ति तिमल्सिना, संस्थाका सल्लाहकार प्रल्हाद शर्मा आचार्य, संस्थाकी सचिव मीना अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
८५ घरधुरी रहेको यो संस्थामा १ सय ५५ जना बचत सदस्य रहेका छन । संस्थाले ३७ लाख ४ हजार बचत संकलन गरेको छ भने ३६ लाख ४९ हजार कर्जा प्रवाह गरेको छ ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







