१३ पुस, हेटौंडा। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार नदिएको आरोप लगाएका छन्। सात वटा प्रदेशका मुख्यमन्त्रीहरुको भेलालाई सम्बोधन गर्न हेटौंडा आएका मुख्यमन्त्री कार्कीले शुक्रवार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै संघीय सरकारले प्रदेश सरकारलाई अधिकार नदिएको आरोप लगाएका हुन्। पत्रकार सम्मेलनमा बोल्दै उनले संघीय सरकारका कारण प्रदेश सरकार स्वायत्त नरहेको र अधिकार नदिएकोले सोचे जस्तो काम गर्न नसकेको बताउदै केन्द्रीय सरकारले प्रदेशलाई खुम्चाउन खोजेको बताएका हुन्।
उनले मिडिया मैत्री बनेर संघीय सरकारले यो गर्छु त्यो गर्छु भन्ने तर संविधानमा उल्लेख गरिएको अधिकार नदिएर प्रदेश सरकार विघटन गर्न तर्फ उन्मुख रहेको आरोप लगाएका छन्।उनले हेटौंडामा हुने ७ प्रदेशका मुख्यमन्त्रीहरुले भेलाले प्रदेशकाका संविधानमा भएका एकल र साझा अधिकारका विषयमा गहन छलफल गर्ने र सुतिरहेको संघीय संसदलाई झकझक्याउने बताए ।
"संघीय सरकारले निजामती कानुनसमेत पास गर्न सकेको छैन्, यता २७५ संसद सुतिरहेका छन्, उनीहरू उठाउन हेटौंडामा ७ वटै मुख्मन्त्रीको भेलाको आयोजना गरिएको हो"- मुख्यमन्त्री कार्कीले भने।
पत्रकार सम्मेलनमा कार्कीले मुख्यमन्त्रीहरुको बैठकमा तीनै तहका सरकारको साझा अधिकारको विस्तृतीकरण र कानून निर्माण प्रक्रिया, वित्तरआर्थिक विकास क्षेत्र, सेवा क्षेत्र, पूर्वाधार क्षेत्र र वन वातावरण तथा विपत् व्यवस्थापन क्षेत्रको बारेमा कार्यपत्र प्रस्तुत गरिने समेत बताए।
यता हेटौंडामा ७ प्रदेशकै मुख्यमन्त्रीहरुको उपस्थितिमा भएको कार्यक्रममा सातै प्रदेशका प्रमुख सचिव, मुख्य न्यायधिवक्ता, गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघका पदाधिकारीहरूको पनि सहभागिता रहने छ। मुख्यमन्त्री कार्यालयका अनुसार छलफलपछि शुक्रबारै साझा प्रतिवेदन समेत अनुमोदन गर्ने कार्यक्रम रहेको बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्मकटेलले जनाएका छन्।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







