१३ पुस, हेटौंडा। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार नदिएको आरोप लगाएका छन्। सात वटा प्रदेशका मुख्यमन्त्रीहरुको भेलालाई सम्बोधन गर्न हेटौंडा आएका मुख्यमन्त्री कार्कीले शुक्रवार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै संघीय सरकारले प्रदेश सरकारलाई अधिकार नदिएको आरोप लगाएका हुन्। पत्रकार सम्मेलनमा बोल्दै उनले संघीय सरकारका कारण प्रदेश सरकार स्वायत्त नरहेको र अधिकार नदिएकोले सोचे जस्तो काम गर्न नसकेको बताउदै केन्द्रीय सरकारले प्रदेशलाई खुम्चाउन खोजेको बताएका हुन्।
उनले मिडिया मैत्री बनेर संघीय सरकारले यो गर्छु त्यो गर्छु भन्ने तर संविधानमा उल्लेख गरिएको अधिकार नदिएर प्रदेश सरकार विघटन गर्न तर्फ उन्मुख रहेको आरोप लगाएका छन्।उनले हेटौंडामा हुने ७ प्रदेशका मुख्यमन्त्रीहरुले भेलाले प्रदेशकाका संविधानमा भएका एकल र साझा अधिकारका विषयमा गहन छलफल गर्ने र सुतिरहेको संघीय संसदलाई झकझक्याउने बताए ।
"संघीय सरकारले निजामती कानुनसमेत पास गर्न सकेको छैन्, यता २७५ संसद सुतिरहेका छन्, उनीहरू उठाउन हेटौंडामा ७ वटै मुख्मन्त्रीको भेलाको आयोजना गरिएको हो"- मुख्यमन्त्री कार्कीले भने।
पत्रकार सम्मेलनमा कार्कीले मुख्यमन्त्रीहरुको बैठकमा तीनै तहका सरकारको साझा अधिकारको विस्तृतीकरण र कानून निर्माण प्रक्रिया, वित्तरआर्थिक विकास क्षेत्र, सेवा क्षेत्र, पूर्वाधार क्षेत्र र वन वातावरण तथा विपत् व्यवस्थापन क्षेत्रको बारेमा कार्यपत्र प्रस्तुत गरिने समेत बताए।
यता हेटौंडामा ७ प्रदेशकै मुख्यमन्त्रीहरुको उपस्थितिमा भएको कार्यक्रममा सातै प्रदेशका प्रमुख सचिव, मुख्य न्यायधिवक्ता, गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघका पदाधिकारीहरूको पनि सहभागिता रहने छ। मुख्यमन्त्री कार्यालयका अनुसार छलफलपछि शुक्रबारै साझा प्रतिवेदन समेत अनुमोदन गर्ने कार्यक्रम रहेको बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्मकटेलले जनाएका छन्।
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...






-1788745767.jpg)









-1788140988.jpg)

