१४ पुस, हेटौंडा। हेटौँडा–६ चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाको १३औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीको आज सम्पन्न साधारणसभामा पत्रकार देखी विभिन्न विधामा ८ जनालाई सम्मान गरिएको छ।
साधारणसभामा पत्रकारमा प्रष्टखबरका वरिष्ठ संवाददाता सुनिल शिवाकोटी, उत्कृष्ट बचतकर्तामा अर्जुन प्रसाद चौलागाईं, उत्कृष्ठ साक्षी ऋण तर्फ राज कुमार दाहाल र सरिता सुब्बा, जेष्ठ सेयर सदस्यमा चिन्तामनी घिमिरे कृषक सेयर सदस्यमा भवानी राई, जीवन सापकोटा र व्यवस्थापक गोमा लामिछानेलाई सम्मान गरिएको थियो ।हेटौंडा वडा नम्बर ६ का अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यतामा भएको भेलामा
साधारण सभामा संस्थाका अध्यक्ष भरत सापकोटाले संस्थागत प्रतिवेदन, ऋण उपसमिति संयोजक डोर बहादुर अधिकारीले ऋण उपसमिति प्रतिवेदन,कोषाध्यक्ष देवेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक गोपाल चन्द्र भट्टराईले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा हेटौंडा-६ का वडा सदस्य विजय पौडेल,हेटौंडा उपमहानगर सहकारी शाखाका प्रमुख हिम प्रसाद पौडेल, कामधेनु बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष उदय विडारी, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका सचिव रोम बहादुर न्यौपाने, पूर्व अध्यक्ष राजेन्द्र चौलागाईं, सचिव विष्णुप्रसाद ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।साधारणसभाले ४ वर्षीय कार्यकाल लागि नयाँ संचालन समिति समेत चयन गर्नेछ ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















