१४ पुस,हेटौँडा । हेटौडा–६ चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थामा विष्णु प्रसाद ढुङगाना नेतृत्वमा नयाँ संचालक समिति चयन भएको छ । सहकारीको शनिबार सम्पन्न १३ औं वार्षिक साधारणसभाले ढुङगाना नेतृत्वमा ७ सदस्य नयाँ संचालक समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा जयराम घिमिरे, सचिवमा नेत्र प्रसाद ढुङ्गेल र कोषाध्यक्षमा देवेन्द्र श्रेष्ठ चयन भएका छन । त्यसैगरी सदस्यहरुमा मधुकुमार दंगाल, सरस्वती पुडासैनी र गिता हुमागाई रहेका छन । लेखा सुपरिवेक्षण समितिको संयोजकमा गोपालचन्द्र भट्टराई र सदस्यहरुमा राजीव खनाल र यसोदा भट्टराई चयन भएका छन । समितिको नयाँ सञ्चालक समिति गठनको लागि अर्जुन प्रसाद चौलागाईको संयोजकत्वमा श्याम प्रसाद भट्टराई र सन्ध्या श्रेष्ठ सदस्य रहेको ३ सदस्यीय समिति गठन गरिएको थियो । साधारणसभामा निवर्तमान ब्यवस्थापक गोमा लामछिाने, ज्येष्ठ शेयर सदस्य चिन्तामणी घिमिरे, नियमति बचतकर्ता अर्जुन प्रसाद चौलागाई, असली ऋणी राजकुमार दाहाल, सविता सुब्बा, उत्कृष्ट कृषक जीवन सापकोटा, भवानी राई र सञ्चारकर्मी सुनिल शिवाकोटाी सहित ८ जनालाई नगद पुरस्कार सहित सम्मानित गरेको थियो । हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष भरत सापकोटाको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















