Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

रुसी सेनामा भर्ती भएका थप तीन नेपालीको मृत्यु

Screenshot_20230604_13533-1704260662.jpg

सांकेतिक तस्विर

१८ पुस, काठमाडौं । रुसी सेनामा भर्ती भएका थप तीन नेपालीको मृत्यु भएको छ । योसँगै रुस-युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १० पुगेको छ । परराष्ट्र मन्त्रालयले सोमबार थप ३ जनाको मृत्यु भएको जनाएको हो । मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरी रहेका छन् ।
यसअघि स्याङ्जा, पुतलीबजार-५ का प्रितम कार्की, इलाम-५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागलको मृत्यु भएको थियो । मंसिर १८ मा मारिएका धादिङका पूर्णबहादुर गुरुङको हालसम्म आधिकारिक सूचना मन्त्रालयले बाहिर ल्याएको छैन । गुरुङको परिवारले भने उनको काजकिरिया गरिसकेको छ ।
त्यसैगरी, रुसी सेनामा भर्ती भएका ४ जना नेपाली अझै पनि युक्रेनी सेनाको कब्जामा छन् । असोज २७ मा बर्दियाका २३ वर्षीय विवेक खत्रीलाई नियन्त्रणमा लिएको युक्रेनी सेनाले सार्वजनिक गरेपछि काभ्रेका सिदार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुनलाई पनि क्रमशः युक्रेनी सेनाले कब्जामा लिएको थियो । परराष्ट्र मन्त्रालयले उनीहरूको रिहाइका लागि अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी र अन्य कूटनीतिक माध्यमहरूबाट पहल भइरहेको जनाएको छ । साथै, जर्मनीस्थित नेपाली दूतावासले त्यहाँको युक्रेनी दूतावाससँग भेटवार्ता गरेर उनीहरूलाई छुटाउनका लागि पहल गरेको छ । युक्रेनले त्यसबारेमा आफूले बुझ्ने जवाफ दिएको छ ।
गैरकानुनी रूपमा रुसी सेनामा भर्ती गराई युद्धमा लगाइएका नेपालीहरूको अवस्था बुझ्न परराष्ट्रमन्त्री एनपी साउद रुस जाने भएका छन् । बिहीबार हुने नेपाल–भारत सातौं परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि परराष्ट्रमन्त्री साउदको रुस जाने मितिको टुंगो लाग्ने परराष्ट्र स्रोतले बतायो । नेपाल सरकारले रुसी सेनामा नेपालीलाई सामेल नगर्न र भर्ना भएकाहरूलाई समेत यथाशीघ्र फिर्ता गर्न पटक–पटक आग्रह गरे पनि रुसले बेवास्ता गर्दै आएको छ । रुस नेपालीका विषयमा गम्भीर नबनेपछि मन्त्री साउद आफैं मस्को जान लागेका हुन् । (ईकान्तिपुरबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार