सुनिल शिवाकोटी
१८ पुस, हेटौंडा । सर्वोच्च अदालतले मंगलबार हेटौँडा बजार क्षेत्र भित्र पर्ने २५ मिटर सडक विस्तार विरुद्ध परेको ३०० बढी रिट खारेज गरेसँगै हेटौडाको मुख्य सडक विस्तार गर्न सडक डिभिजन कार्यालय हेटौंडालाई बाटो खुलेको छ । विस्तार कार्य हुने नहुने भन्ने बारे हेटौँडाको चोक ,चौतारामा अडकलबाजि शुरु भइसकेको अवस्थामा छ । विस्तारको जिम्मा पाएको सडक डिभिजन कार्यालले यस अघि पटक पटक सुचना जारी गरेर आतंकित पारेकोमा कार्यालय सर्वोच्चको फैसलापछि भने हतारमा देखिदैन ।
सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख राजेश यादवले सर्वोच्च अदालतले मंगलबार गरेका निणर्य स्वागतयोग्य भएको भन्दै सोही निवेदनका आधारमा स्टेअडर लिएकाको संरचना भत्काउन बाटो खुलेको तर तत्काल भत्काउने कुनै योजना नरहेको बताएका छन् । उनले विस्तार अभियानविरुद्ध परेका अन्य निवदेनको फैसला नभएकोले, बाँकि फैसला आएपछि मात्र विस्तार अभियानलाई निरन्तरता दिईने बताए । “रिट निवेदन खारेज हुने निर्णयले सबै मुद्धालाई समेटेको छैन, अदालतको फैसला आएपछि पुनः जिल्लामा छलफल गरी भत्काउने र नभत्काउने निर्णय गछौँ ।”-डिभिजन प्रमुख यादवले भने ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदी र न्यायाधीश सुनिलकुमार पोखरेलको संयुक्त इजलासले हेटौँडा बजार क्षेत्रभित्र पर्ने २५ मिटर सडक विस्तारविरुद्ध परेको ३०० बढि रिट खारेज गर्ने निर्णय गरेको थियो । संयुक्त इजलासले गत असार ३१ गतेदेखि साउन २४ सम्ममा दर्ता भएका हेटौँडा बजार क्षेत्र अन्तर्गत पर्ने राजमार्गको सडक विस्तार विरुद्धका परेका ३०० बढी रिट निवेदन खारेज गर्ने निर्णय गरेको थियो ।
के गर्ला हेटौँडा बसोबास संरक्षण मुल समितिले ?
सडक डिभिजन कार्यालयले पुर्व पश्चिम लोकमार्ग तथा त्रिभुवन राजपथको दायाँबायाँ २५ मिटर भित्र बनेका घरटहरा हटाउन प्रकाशित गरेको सुचनाप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै आन्दोलनको नेतृत्व गरेको मकवानपुर उद्योग वाणिज्य संघ तथा हेटौँडा बसोबास संरक्षण मुल समितिले मंगलबारको सर्वोच्चको निर्णयप्रति सम्मान जनाउँदै तत्काल कुनै विरोधका कार्यक्रम र संर्घषका कार्यक्रम नरहेको प्रतिक्रिया दिएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघ तथा हेटौँडा बसोबास संरक्षण मुल समिति अध्यक्ष कृष्णकुमार गुप्ताले यस अघि सर्वोच्च अदालतले मंगलबार हेटौँडा बजार क्षेत्र भित्र पर्ने २५ मिटर सडक विस्तार विरुद्ध परेको ३०० बढी रिट खारेज गर्ने निर्णय प्रति मौनता जनाएका छन् ।उनले बसोबास समिति सर्वोच्च अदालतको निर्णयको कदर गर्छ, समितिले संरचना भत्काउन बिरोध गरेको होइन, उचित मुअब्जा दिएर भत्काउन अनुरोध गरेकामा डिभिजन कार्यालयले हाम्रो मागलाई वास्ता नगरी आतंकित शैलीमा सुचना जारी गरी भत्काउन खोजेकोले बाध्य भएर सर्वोच्चमा न्यान माग्ने गएको बताए ।
गुप्ताले सर्वोच्च अदालतले मंगलबार हेटौँडा बजार क्षेत्र भित्र पर्ने २५ मिटर सडक विस्तार विरुद्ध परेको ३०० बढी रिट खारेज गरेकोमा समिति त्यस कुरालाई स्वीकार गर्ने बताउँदै उनले तत्काल कुनै विरोधका कार्यक्रम र संर्घषका कार्यक्रम नरहेको उल्लेख गरेका छन् ।
“सडक डिभिजनको कार्य अनुसार नै हामी थप कार्यक्रम सार्वजनिक गर्छौं, अझै दर्ता भएका निवेदनको फैसला बाँकी रहेको छ, सरोकारवाला निकायसँगको छलफल र सहकार्य गर्छौ र के गर्ने नगर्ने निर्णय गर्छौं”-गुप्ताले भने ।
यस अघि साउन ३१ गते मकवानपुर उद्योग बाणिज्य संघ र हेटौंडा बसोबास संरक्षण समितिको आयोजनामा हेटौँडाको मुख्यचोकमा भेला भएर हेटौंडाको मुख्य बजार क्षेत्रका २५ गज भित्र पर्ने घर टहर बिना मुआब्जा भत्काउन नहुने भन्दै व्यावसायी र घरधनिहरुले विरोध प्रदर्शन गरेका थिए । सर्वोच्च अदालतले सडक डिभिजन कार्यालय र घरधनिलाई छलफलका लागि बोलाएपनि छलफलको मिति सार्दै आएको थियो ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















