Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बंशगोपालको अक्षयकोषमा २०४४ एसएलसी व्याचद्वारा ३ लाख रूपैयाँ सहयोग

IMG-634388b3c1ff2e2583ac5-1704522137.jpg

२१ पुस, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको बंश गोपाल मावि प्राविधिक शिक्षालयले शुभारम्भ गरेको अक्षयकोषमा विद्यालयको २०४४ एसएलसी व्याचले ३ लाख रूपैयाँ सहयोग गरेको छ ।
विद्यालयमा शनिबार भएको 'विपन्न तथा जेहन्दार विद्यार्थी छात्रवृत्ति एवं विषयगत सहयोगका लागि अक्षयकोष' शुभारम्भ कार्यक्रममा २०४४ एसएलसी व्याचका अध्यक्ष अजयविक्रम मानन्धरले सहयोग रकमको चेक वडा अध्यक्ष विष्णुबहादुर दाहाललाई हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा मानन्धरले विद्यालयका पूर्व विद्यार्थीको नाताले २०४४ व्याचले अक्षयकोषमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । अक्षयकोषमा विद्यालयका पूर्व शिक्षक शम्भुप्रसाद आचार्यबाट १ लाख २३ हजार ४ सय ५६, अजयविक्रम मानन्धरबाट आमाबुबाको स्मृतिमा १ लाख ११ हजार १ सय ११, सुपेन्द्र बस्नेतबाट ५० हजार, श्यामप्रसाद श्रेष्ठ ५० हजार रूपैयाँ सहयोग प्राप्त भएको छ । कोषमा हेटौंडा-६ नम्बर वडा कार्यालयले आगामी आर्थिक बर्षमा ५ लाख रूपैयाँ उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ । 
आर्थिक विपन्नताको कारण शिक्षाबाट विद्यार्थी बञ्चित हुन नपरोस् भन्ने उद्धेश्यले स्थापना भएको अक्षयकोषमा अब निरन्तर रकम थप्ने काम जारी रहने जानकारी दिइएको छ ।
हेटौंडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका पूर्व शिक्षक शम्भुप्रसाद आचार्य, पूर्व अध्यक्ष बालकृष्ण चौलागाईं, पूर्व विद्यार्थी संगठनका अध्यक्ष शालिकराम घिमिरे, चौघडा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विजयकुमार श्रेष्ठ लगायतले अक्षयकोष शुभारम्भको प्रशंसा गर्दै कोषले लक्षित क्षेत्रमा लाभ हासिल गर्न गर्नुपर्ने कार्यबारे सुझाव दिएका थिए । कार्यक्रममा पूर्व व्यवस्थापन समितिका प्रतिनिधि, पूर्व विद्यार्थी र शिक्षकहरू, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
विद्यालयमा हाल १२ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेले जानकारी दिए ।

IMG-afe7dadc3bbe69e257100-1704522160.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार