२१ पुस, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको बंश गोपाल मावि प्राविधिक शिक्षालयले शुभारम्भ गरेको अक्षयकोषमा विद्यालयको २०४४ एसएलसी व्याचले ३ लाख रूपैयाँ सहयोग गरेको छ ।
विद्यालयमा शनिबार भएको 'विपन्न तथा जेहन्दार विद्यार्थी छात्रवृत्ति एवं विषयगत सहयोगका लागि अक्षयकोष' शुभारम्भ कार्यक्रममा २०४४ एसएलसी व्याचका अध्यक्ष अजयविक्रम मानन्धरले सहयोग रकमको चेक वडा अध्यक्ष विष्णुबहादुर दाहाललाई हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा मानन्धरले विद्यालयका पूर्व विद्यार्थीको नाताले २०४४ व्याचले अक्षयकोषमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । अक्षयकोषमा विद्यालयका पूर्व शिक्षक शम्भुप्रसाद आचार्यबाट १ लाख २३ हजार ४ सय ५६, अजयविक्रम मानन्धरबाट आमाबुबाको स्मृतिमा १ लाख ११ हजार १ सय ११, सुपेन्द्र बस्नेतबाट ५० हजार, श्यामप्रसाद श्रेष्ठ ५० हजार रूपैयाँ सहयोग प्राप्त भएको छ । कोषमा हेटौंडा-६ नम्बर वडा कार्यालयले आगामी आर्थिक बर्षमा ५ लाख रूपैयाँ उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ ।
आर्थिक विपन्नताको कारण शिक्षाबाट विद्यार्थी बञ्चित हुन नपरोस् भन्ने उद्धेश्यले स्थापना भएको अक्षयकोषमा अब निरन्तर रकम थप्ने काम जारी रहने जानकारी दिइएको छ ।
हेटौंडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका पूर्व शिक्षक शम्भुप्रसाद आचार्य, पूर्व अध्यक्ष बालकृष्ण चौलागाईं, पूर्व विद्यार्थी संगठनका अध्यक्ष शालिकराम घिमिरे, चौघडा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विजयकुमार श्रेष्ठ लगायतले अक्षयकोष शुभारम्भको प्रशंसा गर्दै कोषले लक्षित क्षेत्रमा लाभ हासिल गर्न गर्नुपर्ने कार्यबारे सुझाव दिएका थिए । कार्यक्रममा पूर्व व्यवस्थापन समितिका प्रतिनिधि, पूर्व विद्यार्थी र शिक्षकहरू, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
विद्यालयमा हाल १२ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेले जानकारी दिए ।
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

