Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडाको चालू आर्थिक वर्षको बजेट संशोधन

FB_IMG_1704544417412-1704598705.jpg

२२ पुस, हेटौंडा। हेटौँडा उपमहानगरपालिकाले चालू आर्थिक वर्षको बजेटको संशोधन  गरेको छ। शनिबार सम्पन्न १४औँ नगर सभामा उपप्रमुख राजेश बानियाँले संशोधनसहितको बजेट पेस गरेका थिए जसमा चालू आर्थिक वर्षको बजेट संशोधन गर्दै हेटौँडा उपमहानगरले २२ करोड दुई लाख ५५ हजार रुपैयाँ वृद्धि गरेर दुई अर्ब ९० करोड ६२ लाख ६५ हजार रुपैयाँ पुर्‍याएको छ।

यसअघि गत असारमा सम्पन्न १३ औ नगरसभाले दुई अर्ब ६८ करोड ६० लाख १० हजार रुपैयाँको बजेटमा पारित गरेको थियो। 

उपप्रमुख बानियाँले आन्तरिक राजस्व संकलनमा देखिएको प्रगतिको आधारमा चालू आर्थिक वर्षको बजेट संशोधन गरी वृद्धि गरिएको बताएका छन्।

प्रमुख बानियाँका अनुसार चालू आर्थिक वर्षको हालसम्मको अवधिमा आयतर्फ संघीय सरकार समानीकरण तथा ससर्त अनुदानतर्फ ५५ करोड २३ लाख ३५ हजार रुपैयाँ, समपूरक अनुदानतर्फ २३ लाख ७५ हजार रुपैयाँ, विशेष अनुदान ८७ लाख ५० हजार हजार रुपैयाँ, प्रदेश सरकार समानीकरण, ससर्त र समपूरक अनुदान गरी पाँच करोड ६४ लाख ६९ हजार रुपैयाँ प्राप्त भएको छ।  

यस्तै, संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटतर्फ ११ करोड ११ लाख ४८ हजार रुपैयाँ, उपमहानगरपालिकाको आन्तरिक स्रोत तथा अल्या आम्दानीसमेत गरी हालसम्म जम्मा ७४ करोड २ लाख ५ हजार रुपैयाँ प्राप्त भएको उनले बताए।

चालू आर्थिक वर्षको ६ महिनाको राजस्व संकलन लक्ष्यअनुसार भइरहेको जानकारी दिँदै उपप्रमुख बानियाँले चालू आर्थिक वर्षको लागि कुल ३० करोड ९४ लाख राजस्व लक्ष्य राखेकोमा १५ पुससम्म १५ करोड ४५ लाख रुपैयाँ रकम संकलन भएको बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार