File Photo
२३ पुस, हेटौँडा । निजी आवास निर्माणका लागि पहिलो किस्ताको ५० हजार रुपैयाँ लिएका मकवानपुरका २ भुकम्प प्रभावितले रकम फिर्ता गरेका छन् ।
पहिलो किस्ता लिएर लामो समयसम्म निजी आवास निर्माणका लागि रकम लिएर निर्माण अघि नबढाएका प्रभावितलाई राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले रकम फिर्ता गर्न समेत पाउने व्यवस्था गरेपछि उनीहरुले रकम फिर्ता गरेका हुन् ।
प्राधिकरणका अनुसार, पहिलो किस्ताको रकम लिएका मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ का रामशरण भुलुन र हेटौंडा नगरपालिका–८ का तुलाबहादुर लामाले पहिलो किस्ता लिए पनि घर बनाउन आवश्यक नभएको भन्दै रकम फिर्ता गरेका छन् । उनीहरुले प्रभावितको सूचीबाट पनि नाम हटाउन आवेदन दिएका थिए । गत बिहीबार बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले भुलुन र लामाले रकम फिर्ता गरेकोमा धन्यवाद दिंदै उनीहरूको नाम लाभग्राहीबाट हटाउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए ।
प्राधिकरणले हालसम्म प्रभावितको सूचीमा रहेकामध्ये ६ लाख ७६ हजारले अनुदान सम्झौता गरेको ६ लाख ६४ हजार ६ सयले पहिलो किस्ता लिए पनि दोस्रो किस्ताको रकम लिनेको संख्या भने १ लाख ४५ हजारमात्र छ ।
पहिलो किस्ताको रकम लिएर पनि दोस्रो किस्ताको रकम लिन नआएपछि प्राधिकरणको कार्यकारी समितिको बैठकले पैसा फिर्ता गरी प्रभावितको सूचीबाट नाम हटाउन सकिने व्यवस्था गरेको छ । सूचीमा रहेर घर बनाउन आवश्यक नठान्ने प्रभावितले सरकारको १५०१२ राजस्व शीर्षकमा रकम फिर्ता गरी लाभग्राहीबाट नाम हटाउन सक्ने व्यवस्था गरेको प्राधिकरणका प्रवक्ता भुसालले जानकारी दिए ।
कार्यकारी समितिले विगतमा आवश्यक निजी आवास बनाउन आवश्यक नपरेर ५० हजार रकम फिर्ता गर्न समेत प्रभावितलाई अनुरोध गर्ने निर्णय गरेको छ । प्राधिकरणले बस्न योग्य घर भएका वा अन्यत्र घर भएका व्यक्तिहरूले लाभग्राहीमा सूचीमा आफ्नो नाम पारेको भए सम्बन्धित जिल्ला समन्वय समितिको सचिवालयमा सम्पर्क गरी रकम फिर्ता गरेर आफ्नो नाम लाभग्राही सूचीबाट हटाउन यसअघि नै सूचना प्रकाशित गरी अनुरोध गरिसकेको छ ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















