Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रानी वनले मनायो ३० औ वार्षिक उत्सव

FB_IMG_1704635427026-1704635546.jpg

२२ पुस,हेटौंडा। हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको ३० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा समूहले विभिन्न विद्याका ८ जना उपभोक्ताहरुलाई सम्मानित गरेको छ।

समूहले उत्कृष्ठ उपभोक्तामा हेटौडा–६ दिब्यनगरका तारानाथ ढकाल, पशुपालनमा हेटौडा–६ का कृष्ण प्रसाद घोरसैनी,खेतीमा मकवानपुरगढी–३ का भीमसेन हुमागाई, सरसफाईमा मकवानपुरगढी–३, मक्रान्चुलीका रामशरण देवकोटा, कृषि उपज खरिदकर्तामा हेटौडा–६, पुतलीबजारकी कल्पना परियारलाई सम्मानित गरेको छ । त्यसैगरी  वातावरण सफाइमा हेटौडा–६ चौघडाका राजु थापा मगर, उत्कृष्ठ महिला समूहमा मकवानपुरगढी–४, कालीखोलामा रहेको एकता महिला आयआर्जन समूह र २०८० सालको एसईइमा उत्कृष्ट अंक हासिल गर्ने मकवानपुरगढी–३, मक्रान्चुलीका अनिश घिमिरेलाई वार्षिकोत्सवको अवसरमा सम्मानित गरेको छ ।

कार्यक्रममा हेटौडा–६ का वडा सदस्य सरिता सापकोटा, लेखराज ढकाल, सव डिभिजन वन कार्यालय, हेटौडाकी वन अधिकृत सविना रिजाल, फरेष्टर यदुकुमार घिमिरे, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, अशोक सामुदायिक वनका अध्यक्ष रमेश कुमार राइृ, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की, जनकल्याण सहकारीका सचिव रोम बहादुर न्यौपाने, बंशगोपाल दुग्ध सहकारीका लेखा संयोजक जयराम घिमिरे, समूहका उपाध्यक्ष केशव धिताल सचिव नानीमायाँ रुम्वा,कार्यसमितिका पदाधिकारी, लेखा समिति, महिला समूहका पदाधिकारी, उपभोक्ता, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार