Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चौघडामा आधारभूत केश श्रृङ्गार तथा सौन्दर्य तालिम शुरू

Screenshot_20240109_14000-1704788360.jpg

२४ पुस, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लवको आयोजना एवं व्यवसायिक तथा सीप विकास तालिम केन्द्रको सहयोगमा ३ महिने आधारभूत केश श्रृङ्गार तथा सौन्दर्य तालिम शुरू भएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले सिपमुलक तालिमले जीविकोपार्जन र स्वावलम्बी बन्न टेवा पुग्ने भएकाले सिप सिकेर व्यवहारमा उतार्न आग्रह गरे । उनले उपमहानगरपालिकाले समेत विभिन्न खालका सिपमुलक तालिमका लागि बजेट विनियोजन गरेको भन्दै यसमा समेत सहभागी भएर लाभ हासिल गर्न सकिने बताए ।
कार्यक्रममा हेटौंडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, व्यवसायिक तथा सीप विकास तालिम केन्द्रका प्रमुख अशेष खड्का, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारी, क्लवका सल्लाहकार श्यामप्रसाद श्रेष्ठ, गणेशकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रूपेश दुलाल, प्रशिक्षार्थी सीता थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
२५ जना सहभागी हुने तालिममा तालिम केन्द्रका प्रशिक्षक अनुपा घिमिरे र निर्मला गुरागाईले प्रशिक्षण दिनेछन् । कार्यक्रममा हेटौंडा-६ का पूर्व वडा सदस्य शुभद्रा तिमल्सिना, लेखा अधिकृत डोरबहादुर खड्का, रोहिणी स्वस्तिक बाल उद्यान समितिका अध्यक्ष चतुर्भुज राई, गढी जेसिजका अध्यक्ष विजय पुडासैनी, रक्षादेवी क्लवका उपाध्यक्ष केशव कोइराला, क्लवका सहसचिव शोभा घिमिरे, केन्द्रका प्रशिक्षक नवराज पौडेल लगायतको सहभागिता रहेको थियोे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार