२४ पुस, हेटौँडा । भारतसँगको खुला सिमानाका कारण नेपालीले अनेकौ समस्या झेल्न बाध्य रहेकोले काँडेतार लगाउनुपर्ने सन्देश दिने उद्देश्यसहित निर्माण गरिएको नेपाली चलचित्र काँडेतारको हेटौंडामा विशेष प्रदर्शन हुने भएको छ ।
सामाना फिल्मस् प्रा.लिको आयोजनामा आगामी पुस २७ गते चलचित्र काँडेतार प्रदर्शन गर्न लागिएको हेटौंडामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । फागुन २५ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रको विशेष प्रदर्शन गर्न लागिएको हो ।
चलचित्रका निर्देशक नवल खड्काले खुला सीमाका कारण झडपमा परेर मृत्यु भएका परिवार तथा घाइतेको सहयोगार्थ विशेष प्रदर्शन गर्न लागिएको जानकारी दिए ।
देशको माटो र नेपाली मान्छे जोगाउनुपर्छ भन्ने भाव चलचित्रमा रहेको जाकनारी दिँदै निर्देशक खड्काले खुला सीमाका कारण भोग्नुपरेको समस्या चलचित्रमा प्रश्तुत गरिएको बताए ।
खुला सिमाका कारण अहिले पनि नेपालमा इन्डियाको ठाडो हस्तक्षेप रहेको उनको भनाई थियो । काँडेतारमा आम युवाको समस्यालाई समेत प्रश्तुत गरिएको चलचित्रका कलाकार प्रशान्त यादवले जानकारी दिए ।
विशेष प्रदर्शन पुस २७ गते नारायणी मलस्थित एनएस सिनेमा हलमा दिउँसो साढे २ बजेबाट हुने जानकारी दिइएको छ । चलचित्रमा सत्यकला राई, मकिको राई र अञ्जु केसी निर्माता रहेका छन् ।
काँडेतारमा नवल खड्का, गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, मुरलीधर, प्रशान्त यादव, प्रेम सुब्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा चलचित्रका कलाकार प्रशान्त यादव, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, कलाकार सुशान्तकुमार श्रेष्ठ लगायतको आतिथ्यता थियो ।
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

















