Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा उपमहानगरको जेष्ठ नागरीकलाई अभिमुखिकरण

20240110_114832-1704893638.jpg

२५ पुस,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगर भित्र रहेका जेष्ठ नागरीकका पदाधिकारीहरुका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ ।उपमहानगरपालिका महिला तथा बालवालिका महाशाखाको आयोजनामा दुई दिने अभिमुखिकरण सुरु गरेको हो ।
बुधबार र बिहीवार सञ्चालन हुने अभिमुखिकरणको जेष्ठ नागरीक मञ्च बागमति प्रदेशका अध्यक्ष बुद्धिप्रसाद पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रममा संबिधानले व्यवस्था गरे अनुसारको कानुनी प्रकृया, अधिकारको बारे जानकारी, योजना तर्जुमा प्रकृयामा सहभागिता कसरी जुटाउन सकिन्छ र जेष्ठ नागरीकको स्वास्थ्य उपचारको बारेमा जानकारी गराइने महाशाखाले जनाएको छ । अभिमुखिकरणमा हेटौंडा उपमहानगरपालिका २ नम्बर वडाका अध्यक्ष बिष्णुगोपाल महर्जनले जेष्ठ नागरीक प्रतिको सम्मान घट्दै गएको प्रति सचेत हुन जरुरी रहेको बताए । उनले बुढ्यौली लाग्दै जाँदा परीवारका सदस्यबाट छुटिनु पर्ने, धेरै ध्यान नदिने समस्या देखिएकाले सचेतनाका कार्यक्रम सञ्चालन गर्दै जेष्ठ नागरीक प्रतिको सम्मानलाई गुम्न नदिने वाताबरण बनाउन जरुरी रहेको बताए । मञ्च बागमति प्रदेशका अध्यक्ष पौडेलले राजधानी शहर भएपनि यातायात व्यवसायीले काठमाण्डौं सहित अन्य जिल्लामा जस्तो जेष्ट नागरीक सिट र छुटको व्यवस्था कार्यान्वयन नगरेकाले उपमहानगरले भूमिका निर्वाह गरिदन आग्रह गरेका थिए ।
नगर स्तरीय मञ्चले नगरका पाँच वडामा जेष्ठ नागरीक भेला गर्ने तयारी गरेको छ । मञ्चका नगर स्तरीय अध्यक्ष रामचन्द्र ढकालले नगरका ४, ७, १४, १७ र १९ नम्बर वडामा जेष्ठ नागरिक र बालवालिकासँग अन्तरक्रिया गर्ने तयारी गरेको बताए ।नगर स्तरीय अध्यक्ष ढकालको अध्यक्षतामा भएको अभिमुखिकरणमा महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने, महाशाखाका मन्दिरा थापा, जेष्ठ नागरीक मञ्च जिल्ला अध्यक्ष हरीप्रसाद सिग्देलको आतिथ्यता रहेको थियो । कार्यक्रममा वडामा गठित १९ वटै वडाका जृष्ठ नागरीक मञ्चका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।अभिमुखिकरण कार्यक्रमको सहजिकरण उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखा प्रमुख लामिछानेले गरेकी छन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार