Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडामा फागुन ४ बाट कुम्भ यज्ञ हुने

Tirtha-1515332056.jpg

२३ पुस, हेटौँडा । नेपाल तिर्थ प्रकाश संघको आयोजनामा हेटौँडा–४ पशुपतिमन्दिरमा फागुन ४ गतेदेखि १५ गतेसम्म गोविन्द पुष्कर पयोमृत कुम्भ यज्ञ हुने भएको छ । यज्ञ मूल समारोह समितिले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरी कुम्भ यज्ञको तयारीबारे जानकारी दिएको हो । 
देशभरका १ सय ८ स्थानमा एकै दिन एकै समयमा लगाईने महायज्ञमध्ये मूल यज्ञ हेटौँडामा हुन लागेको मूल समारोह समितिका अध्यक्ष कुमार पौडेलले जानकारी दिनुभयो । देशभर संचालन हुने यज्ञका लागि ९१ लाख रुपैंँया खर्च हुने र १ करोड २१ लाख रुपैंया आम्दानी गर्ने लक्ष्य राखिएको यज्ञबाट बचत रकमले जडिबुटि उत्पादन अध्ययन र उपचार केन्द्र संचालन गरिने जनाईएको छ । 
यज्ञका क्रममा २० हजार जना कर्ता बनाई यज्ञमा संलग्न गराईने आयोजकको भनाई छ । पत्रकार सम्मेलनमा महायज्ञका सल्लाहकार प्रकाश पौडेल, तिर्थ प्रकाश संघका महासचिव सुनिल अधिकारी, सदस्य श्रीहरिप्रपन्नाचार्य सापकोटा, अग्नि होत्राश्रम रजैयाका सचिव विनोद अर्याल लगायतले यज्ञको महत्व र तयारी लगायतका बारेमा जानकारी दिएका थिए । 
यज्ञमा अग्निहोत्राश्रम रजैयाका संरक्षक डा. अग्नीहोत्री सिताराम खनाल प्रमुख वाचक रहने आयोजकले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार