२७ पुस, हेटौंडा। हेटौडा–६ चौघडामा रहेको वंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाको ३२ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
हेटौडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना लामाको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष श्याम प्रसाद न्यौपानेको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो। साधारणसभामा अध्यक्ष न्यौपानेले संस्थागत प्रतिवेदन, लेखा संयोजक जयराम घिमिरेले लेखा समितिको प्रतिवेदन, कृषक हितकोषका सदस्य नवराज पौडेलले हितकोषको प्रतिवेदन,पशुधन संरक्षण समितिका संयोजक खडानन्द चौलागाईले पशुधन संरक्षण समितिको प्रतिवेदन र व्यवस्थापक लक्ष्मण सापकोटाले आव. ०७९/०८० को लेखा परिक्षण प्रतिवेदन र चालु आव. ०८०/०८१ को लागि ३ करोडको अनुमानित आयव्यय विवरण पेश गरेका थिए ।
त्यसैगरी साधारणसभामा उत्कृष्ट कृषकमा बासुदेव अधिकारी, नवराज दाहाल र रजत श्रेष्ठ, गुणस्तरीय दूध विक्रीमा राम प्रसाद गौतम, सफा दूध विक्रीमा कृष्णहरि राई, गोठ सफामा लक्ष्मण खनाल, धेरै पशु आहार खरिदमा रामनाथ बास्तोलालाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट बचतकर्ता गोमा लामिछाने र जयराम घिमिरे, उत्कृष्ट कारोवारीमा विमला दाहाल र राजीव खनालाई पुरस्कृत गरिएको थियो । आज सम्पन्न साधारणसभाले खडानन्द चौलागाईको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा केशव धिताल, जिल्ला संघ प्रतिनिधिमा बासुदेव अधिकारी चयन भएका छन् ।
त्यसैगरी समितिको सदस्यहरुमा राम प्रसाद गौतम, शिवराज आचार्य, महादेव प्रसाद न्यौपाने, सूर्यप्रसाद दुलाल, केशव चौलागाई, रुद्र कुमारी सापकोटा र हिरादेवी महर्जन चयन भएका छन । लेखा समितिको संयोजकमा जयराम घिमिरे, सदस्यमा दिलिप सुवेदी र राधिका हुमागाई, कृषक हितकोषको संयोजकमा केशव धिताल सदस्यमा नवराज पौडेल र गोपालचन्द्र भट्टराई चयन भएको निर्वाचन संयोजक रमेश प्रसाद लामिछानेले बताए ।
साधारणससभामा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, दुग्ध विकास बोर्ड बागमती प्रदेशका सञ्चालक सदस्य बासुदेव अधिकारी, संस्थापक अध्यक्ष हरिप्रसाद सिग्देल, पूर्व अध्यक्ष बासुदेव सापकोटा, केशव प्रसाद सञ्जेल, सल्लाहकार बालकृष्ण चौलागाई, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, नौलो विहानी कृषि सहकारीका अध्यक्ष विष्णुप्रसाद ढुङगाना, मक्रान्चुली साझा सहकारीका अध्यक्ष रामहरि न्यौपाने, नारायणी दुग्ध सहकारीका अध्यक्ष शिव सञ्जेल, नवजीवन ज्योति क्लबका अध्यक्ष राजकुमार बास्तोला, संस्था उपाध्यक्ष केशव धिताल लगायतको आतिथ्यता रहेको थियो ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)