Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेता बानियाँद्वारा टासी छ्योलिङ गुम्बाको नवनिर्मित भवन उद्घाटन

bb-1705235393.jpg

२९ पुस, हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले आईतबार हेटौंडा १३ मेम्बर टोलामा रहेको टासी छ्योलिङ गुम्बाको नवनिर्मित गुम्बा भवन उदघाटन गरेका छन् । 
सभापति बानियाँले गुम्बाको १५ औं साधारणसभाको अवसरमा नवनिर्मित भवनको उदघाटन गरेका हुन् । २०७२ सालमा आएको भुकम्पबाट पूर्णरुपमा क्षति भएको गुम्बा संघीय सरकार, बागमती प्रदेश सरकार र वडाको सहयोग तथा स्थानीयको श्रमदानबाट हालै निर्माण सम्पन्न भएको हो । 
गुम्बा निर्माणमा १ करोड १७ लाख रुपैयाँ लागेको गुम्बाकी अध्यक्ष लक्ष्मी थिङ्गले जानकारी दिइन् । साधारणसभा तथा गुम्बा भवनको उद्घाटनपछि बोल्दै प्रमुख अतिथि बानियाँले बौद्ध गुम्बाबाट प्राप्त हुने ज्ञानले सबैलाई एकताबद्ध बनाउँदै सत्य र अहिंसाको बाटोमा लाग्न प्रेरित गर्ने बताए । 
भुकम्पबाट क्षतविक्षत भएको टासी छ्योलिङ गुम्बा स्थानीय समाजसेवी तथा अग्रजहरुको आग्रहमा आफूले प्रदेश सरकारबाट वजेट विनियोजनमा सहयोग गरेको बताउँदै नेता बानियाँले आगामी दिनमा पनि यसको घेराबारा तथा पूर्वाधार निर्माणमा सक्दो सहयोग गर्ने प्रतिवद्दता पनि व्यक्त गरे । 
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, हेटौंडा १३ का वडाअध्यक्ष पेमा लामा, बौद्ध धर्मगुरु निमा छोगेल लामा, गुम्बाका उपाध्यक्ष शंकरबहादुर थिङ्गलगायतले मन्तव्य ब्यक्त गरेका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार