१ माघ, हेटौंडा । हिन्दू धर्मशास्त्रअनुसार सौरमासका आधारमा मकर संक्रान्ति (माघे संक्रान्ति) पर्व आज देशभर स्नान, दान, जप, ध्यानआदि गरी मनाइँदै छ।
ज्योतिष शास्त्रका आधारमा सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने र उत्तरायण शुरु हुने भएकाले यस दिनलाई मकर संक्रान्ति पर्वका रूपमा मनाउने गरिएको हो । माघे संक्रान्तिदेखि साउने संक्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले यो ६ महिनाको समयलाई उत्तरायण भनिन्छ। हिन्दु धर्म संस्कृतिअन्तर्गत पर्ने धेरैजसो शुभकार्य (देवकार्य) उत्तरायणमा गरिने हुनाले उत्तरायणको पहिलो दिनलाई महत्वपूर्ण रूपमा लिने गरिएको छ।
माघे संक्रान्तिमा घिउ, चाकु, तिलका परिकार, तरुल तथा खिचडी आदि परिकार बनाएर खाने चलन छ। यी खानाले त्रिदोष (आयुर्वेदका अनुसार वात, पित्त र कफ) नाश हुने धार्मिक विश्वास छ। धर्मसिन्धुमा माघे संक्रान्तिको दिन घिउ, चाकु, तिलका परिकार, खिचडीआदि नखाने, दान नगर्ने, जलाशयमा गई स्नानदान नगर्ने, भगवान्को ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको छ । यस दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास पनि छ। त्यसैले स्नानपछि शरीरमा तिलको तेलले मालिस गर्ने चलन छ। यसो गर्दा शरीरका नाडी, स्नायुमण्डल र हड्डी सुदृढ र स्वस्थ रहने आयुर्वेदमा उल्लेख छ।
मकर सङ्क्रान्तिका अवसरमा वराहक्षेत्र, देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत विभिन्न धार्मिक स्थल तथा जलाशयमा भक्तजनहरूको मकर स्नानका लागि भिड लाग्ने गरेको छ ।
माघे संक्रान्तिको दिनलाई थारु समुदायले माघी पर्व (नयाँ वर्ष) का रूपमा मनाउँदै आएका छन् ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















