३ माघ, हेटौंडा । पूर्वराजा ज्ञानेन्द्र शाह यही माघ ७ गते बागमती प्रदेशको राजधानी हेटौँडा आउने भएका छन् । पूर्वराज शाहाको हेटौँडा भ्रमणको बारेमा बुधबार हेटौँडामा राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर र रिपोटर्स क्लब नेपाल मकवानपुरले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा राप्रपाका नेता तथा प्रतिनिधि सभा सदस्य दीपक बहादुर सिंहले पुर्वराजा शाहले हेटौँडाका विभिन्न धार्मिक स्थलको अवलोकनसहित पुजा–आजा गर्नुका साथै शुभेच्छुक र समर्थकहरुसँग भेट गर्ने जानकारी दिए । नेता सिंहका अनुसार पूर्वराजा ज्ञानेन्द्रले हेटौँडाको चुरियामाई मन्दिर, हेटौँडा–१० मा रहेको भुटनदेवी मन्दिर र हेटौँडा–१३ पदमपोखरीमा रहेको ज्याङछुपलिङ पोतला गुम्बाको अवलोकनसहित पुजाआज गर्ने कार्यक्रम रहेको छ ।
यस्तै पूर्वराजा शाहले पैदलयात्रासहित धार्मिक अवलोकन भ्रमण गर्ने र हेटौँडा ५ मा रहेको हेटौँडा रिसोर्टमा मकवानपुरका उद्योगी, व्यवसायी, शुभेच्छुक तथा पत्रकारहरुसँग समेत भेटघाट गर्ने जानकारी दिए ।
पूर्वराजा शाहको हेटौँडामा स्वागतका लागी नेता सिंहको संयोजकत्वमा मूल समारोह समिति तथा उपसमितिहरु पनि गठन गरिएको छ । पूर्वराजा शाहलाई एक हजार १११ जनाले स्वागत गर्ने कार्यक्रम तय भएको नेता सिंहले बताए ।
पत्रकार सम्मेलनमा रिपोर्टर्स क्लब मकवानपुरका अध्यक्ष बलराम पुडासैनी, राप्रपा केन्द्रीय सदस्य रामहरि न्यौपाने, सचिव गुञ्जबहादुर न्यौपाने, बागमती प्रदेश सदस्य ध्रुव प्रसाद सञ्जेल, राप्रपा मकवानपुरका प्रवक्ता आयुष डोटेल, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी केन्द्रीय सचिव सरस्वती थिङ्लगायतको उपस्थिति थियो ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







