३ माघ, हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा सम्पन्न अन्तरपालिका फुटसल प्रतियोगितामा बिजेता बनेको हेटौंडा उपमहानगरपालिकाका खेलाडीलाई सम्मान गरीएको छ । हेटौंडा उपमहानगरपालिकाको प्रतिनिधित्व गर्दै खेलमा सहभागि बनेका खेलाडीले जिल्लामा रहेका अन्य पालिकाहरुलाई पछि पार्दै उपाधि उचालेपछि उपमहानगरले उनिहरुलाई सम्मान गरेको हो ।
बुधबार उपमहानगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले बिजेता बनेका खेलाडीलाई खादा लगाउँदै सम्मान गरेका हुन् । मकवानपुरगढी खेलकुद विकास समितिको आयोजना भएको सहिद रुद्र पाख्रिन, बासुदेव घिमिरे स्मृति दोश्रो अन्तरपालिका फुटसल प्रतियोगितामा आयोजकलाई पराजित गर्दै उपमहानगरले उपाधिमाथि कव्जा जमाएको थियो ।
आयोजक टिम खेलकुद विकास समितिलाई ७ –४ गोल अन्तरले पराजित गर्दै हेटौंडा उपमहानगरपालिकाले उपाधि उचालेको थियो । उपाधी सँगै हेटौंडाले १ लाख २५ हजार सहित शिल्ड प्रमाणपत्र प्राप्त गरेको थियो ।
उपमहानगरले गरेको खेलाडी सम्मानमा नगर प्रमुख लामाले खेल र खेलाडीको लागि लगानी गर्न तयार रहेको बताइन् । उनले नगरको नामलाई अघि ल्याउने खेलाडी गहना भएको भन्दै आगामि दिनमा पनि उपमहानगरको प्रतिनिधित्व गर्दै खेलहरुमा सहभागि हुन आग्रह गरीन । नगरको खेलकुदको बिकासका लागि बजेट छुट्याएर प्रतियोगिता सहित खेल मैदान र खेलाडि उत्पादनमा लगानी गरीरहेको बताइन् ।
सम्मान कार्यक्रममा उपप्रमुख बानियाँले खेल र खेलाडीको बिकासका लागि उपमहानगर सधै तयार रहने बताए । उनले भौतिक बिकासका लागि नेतृत्वले काम गरेपनि नगरको नामलाई चर्चामा ल्याउनका लागि खेलाडीको भूमिका महत्वपुर्ण हुने बताए ।
मकवानपुरगढीमा बिजेता बनेको टोली पोखरामा हुने राष्ट्रिय स्तरको फुटसल प्रतियोगितामा उपमहानगरको तर्फबाट सहभागि बन्ने भएको छ ।
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...


-1786686763.jpg)















