Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रेस चौतारी मकवानपुरको कार्यशाला गोष्ठी सम्पन्न, कार्यालय उदघाटन

FB_IMG_1705762514793-1705762690.jpg

६ माघ, हेटौंडा। प्रेस चौतारी नेपाल मकवानपुरको आयोजनामा शुक्रबारबाट सुरु भएको दुई दिने कार्यशाला गोष्ठीको समापन गरिएको छ भने चौतारी मकवानपुरको कार्यालयको उद्घाटन् पनि गरिएको छ ।

हेटौंडा-२ वनस्खण्डीमा शुक्रबारबाट सुरु भएको प्रेस चौतारी नेपाल मकवानपुरको आयोजनामा ‘प्रबिधिको विकास र डिजिटल पत्रकारिता’ को चुनौती र सम्भावना विषयक दुइ दिने कार्यशाला आज सम्पन्न भएको हो। 

नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा बागमती प्रदेशका सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यमा तथा चौतारी मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा दुइदिनको कार्यशाला गोष्ठी सम्पन्न भएको हो। 

कार्यक्रममा प्रेस चौतारी नेपालका महासचिब हिरामान लामा, सचिब तथा बागमती प्रदेश इन्चार्ज बिष्णु तारुके,चौतारीका बागमती प्रदेशका महासचिब प्रकाश दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, गैरसरकारी संस्था महासंघ बागमती प्रदेशका अध्यक्ष आरती पाठक लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा चौतारी केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज हरि हुमागाई, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिब कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष धुर्ब अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी, सञ्चारीका समुह बागमती प्रदेशका अध्यक्ष सरिता दाहाल, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अन्जली थापा लगायतकाको आतिथ्यता रहेको थियो ।

त्यसैगरी शनिबारनै प्रेस चौतारी मकवानपुरको  कार्यालयको  उद्घाटन् गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा कार्यालयको  प्रेस चौतारी नेपालका महासचिब हिरामान लामाले उद्घाटन् गरेका हुन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार